यसरी बलात्कृत भईन्, मोरङकी वालिका वर्दिवासको होटलमा ...

  • प्रकाशित मितिः आश्विन ९, २०७५
  • भक्तशेर लिम्बू
alt

मोरङ,बेलबारी । वलात्कारीलाई फाँसीको सजायको माग उठिरहेकै बेला झनै वलात्कारका घटनाहरु अखवार र सामाजिक सञ्जाल भरिभराउ छन् ।

बलात्कारको घटना पढ्ने र हेर्नेहरु आजित बन्न लागेकै बेला फेरि मोरङकी एक वालिका वलात्कारको शिकार बनेकी छिन् ।

गरिबीको कारण घरकाम सघाउन काठमाण्डौं हिडेकी मोरङ केराबारी ९ की एक वालिकालाई काठमाण्डौं लाने व्यक्तिले नै बाटै वलात्कार गरेको खुल्न आएको छ । साधरण लेखपढ गर्न मात्र सक्ने वालिकाले ठूलो घरपरिवारमा काम गर्दा राम्रै हुन्छ भन्ने मनसायले आमाले पनि उनलाई काठमाण्डौ पठाएका थिए । वालिकाको घरको कमजोर अवस्था भएकै कारण कतै भविष्य बन्छ की घर सल्लाहमा काठमाण्डौ जादै गरेकी थिईन् । तर काठमाण्डौ नपुगी बालिका माथि बीच बाटैमा वलात्कार भएपछि वालिकाको सपना पनि चकनाचुर भएको छ ।

घटना विवरण अनुशार काठमाण्डौ निवासी राजेन्द्र श्रेष्ठले अभिभावकको सहमति मै वालिकालाई काठमाण्डौमा लान आटेका थिए । अन्दाजी ६० वर्षिय श्रेष्ठको श्रीमती दुर्घटनामा परेर काम गर्न नसकेपछि वालिकालाई घरकाम गर्न काठमाण्डौ लान लागेका थिए । मोरङ केराबारी ९ घंघरुमा श्रेष्ठका आफन्तहरु भएका कारण त्यहाँ आउने जानेक्रममा वालिकाका आमा संग भेट भएको थियो । सोही क्रममा वालिकाका परिवार संगकुरा कानी गरेर श्रेष्ठले काठमाण्डौमा रहेको आफ्नो घरमा काम गर्न लागि वालिकालाई लिएर गएका थिए । वालिकाको आमाले पनि हुर्कदै गरेकी छोरीलाई सोधेर नै श्रेष्ठको जिम्मामा काठमाण्डौ पठाएका थिए ।

उमेरले १६ वर्ष लाग्दै गरेको वालिकालाई श्रेष्ठले यहि भदौ १३ गते सुन्दरहैंचा स्थित उनको माईला भाईको घरमा राखे । भोलि पल्ट उनले वालिकालाई मोटरसाईकलमा राखेर काठमाण्डौ तिर लागे । पीडित वालिकाले दिएको जानकारी अनुशार वालिकालाई ईटहरी देखि पश्चिम लागेपछि श्रेष्ठले यौनजन्य कुराकानी गर्न थालेको बताएकी छिन् । ‘वालिकालाई श्रेष्ठले तिम्रो मिन्स् भएको छ छैन , जस्ता कुरा सोधेको वालिकाले बताएकी छिन् । त्यसैगरी उनीहरु जब वर्दिवास पुगे श्रेष्ठले मेरो छोरीको घर छ भनेर वालिकालाई बाटैमा राखे । अनि उनी होटल भित्र छिरे । करिब आधा घण्टा पछि आएर आफूलाई लिएर गएको वालिकाले बताईन् ।

उनले कोठामा लगेपछि जबरजस्ती करणी गरेको बालिकाले बताएकी छिन् । वलात्कार पछि श्रेष्ठ कोक किन्न वाहिर निस्केको मौका छोपेर श्रेष्ठकै व्यागमा रहेको तीन हजार पैसा निकालेर भाग्नलाई वाहिर निस्किन् । तीन हजारले नपुग्ने भएपछि फेरि भित्र पसेर एक हजार लिन आईन् । र, उक्त रकम लिएर वालिका वसस्टैण्ड तर्फ आईन् ।

उता कोठाबाट बालिका भागेपछि श्रेष्ठले पनि मान्छे खोजी गरिपाउँ भनि वालिकाको हुलिया सहित प्रहरीमा रिर्पोट लगत्तै गरे । सोही क्रममा वालिकालाई गाडी चढ्दै गर्दा ट्राफिक प्रहरीले भेट्टाएका थिए । ट्राफिकले वालिकालाई सोधपुछ गर्न थालेपछि आफूलाई खोज्ने मान्छेले बलात्कार गरेको जानकारी गराएका थिए ।

त्यसपछि प्रहरीले तपाईको मान्छे फेला प¥यो भनि श्रेष्ठलाई फोन गरेर इलाका प्रहरी कार्यालयमा बोलाए । सोही क्रममा उनी पक्राउ परेको ईलाका प्रहरी कार्यालय बर्दीवासका प्रहरी निरीक्षक प्रधुन्न अधिकारीले बताए । घटना पश्चात मोरङबाट वालिकाका आमा पुगेर प्रहरीमा जाहेरी दिएका छन् । श्रेष्ठ विरुद्ध जवरजस्ती करणीको अभियोगमा मुद्धा दायर भएको प्रहरी निरीक्षक अधिकारीले बताएका छन् ।

घटना बर्दीवासमा भएको हुँदा यसैठाउँको प्रहरीले मुद्धा हेर्ने प्रहरीले बताएको छ । पीडित वालिकालाई ओरेक नेपालले संरक्षण दिने तयारी गरिरहेको ओरेक नेपाल निर्मला राईले बताईन् ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved