अब हामी प्रशासनलाई गुहार्दैनौ, यहाँ खुनको बदला खुन हुन्छः होमनाथ पोखरेल

  • प्रकाशित मितिः चैत्र १४, २०७५
  • निकेश बराल
alt

मोरङ । सुकुना बहुमुखी क्याम्पसमा वुधवार भएको घटना नेविसंघका विद्यार्थीहरु माथि भएको सांघातिक आक्रमण प्रति नेपाली काँग्रेस तथा ने. वि. संघले घोर आपत्ति जनाएको छ ।

शिक्षकहरुको दोहोरो सुविधाको विषयमा शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका नेपाल विद्यार्थी संघका विद्यार्थीहरु माथि अखिलका कार्यकर्ताहरुले गुण्डागर्दी शैलिमा ठाडो आक्रमण गरी शक्त घाइते बनाएको ने. वि. संघले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

bigyapti 1

बुधबार बिहान करिब ९ बजे तिर भएको उक्त झडप पछि अहिले सम्म पनि सुकुना क्याम्पसको वातावरण शान्त हुन सकेको छैन ।

उक्त घटना पछि बुधबार दिनभर क्याम्पस गेट अगाडि रहेको नेपाल प्रहरीको बाक्लो निगरानी अझै सम्म कायमै छ । आज बिहिबार बिहान करिब आठ बजे तिर आएको नेपाली कंग्रेसको जमातले क्याम्पस परिषदमा केहिबेर नाराबाजी समेत गरेको थियो ।

नारबाजी गर्ने क्रममा कंग्रेसका कार्यकर्ता र प्रहरी बिच सामान्य ठेलाठेलको स्थिति समेत सिर्जना भएको थियो । ने. वि. संघ तथा कंग्रेसका कार्यकर्ताले प्रहरीले आरोपितलाई समाउन नसकेको र रमिता मात्र हेरेर बसेको समेत आरोप लगाएका छन् ।

केहि क्षणको नाराबाजी पछि उक्त भिड क्याम्पस गेट अगाडि कोण सभामा परिणत भएको हो । कोणसभाको सभापति ने. वि. संघ क्याम्पस एकाइ उप–सभापति अनिता गजुरेल रहेकी थिईन् ।

jitendra neupane

उक्त सभामा बोल्दै सुकुना बहुमुखी क्याम्पस ने. वि. संघका पूर्व एकाई सभापति जितेन्द्र न्यौपानेले हिजोको घटना र आफ्ना बिद्यार्थीलाई घाइते बनाएको प्रति घोर निन्दा र भत्र्सना गरेका छन् । उनले भने ‘लाचार पुलिस प्रशासन रमिते मात्र बनिरहेको छ । दोषीलाई कारवाही गर्ने हिम्मत राख्दैन । हामी खबरदार गर्न चाहान्छौ ।’

homnath

त्यस्तै सभामा बोल्दै ने. वि. संघ क्षेत्र नं. ३ का क्षेत्रिय सभापति होमनाथ पोखरेलले सुकुनामा नैतिकताको शिक्षाको साटो नेकपाको शिक्षा दिने गरिएको आरोप लगाएका छन् ।

उनले सभालाई सम्बोधन गर्दै भने ‘एड्मिसन गर्दा स्ववियु शुल्क, खेलकुद शुल्क भनेर लिएको हुन्छ । अनि स्ववियु शुल्क कहाँ गयो भनेर स्ववियुका साथीहरुलाई सोध्यो खेलकुदमा गयो भनुहुन्छ । प्रशासनको खेलकुख शुल्क पनि खेलकुदमै जान्छ ? अनि क्याम्पसमा खेलकुद हुँदा बाहिर गएर पाँच हजार र छ हजार भिख माग्न हिँडेछन् स्ववियुका साथिहरु ।’ उनले आक्रोषित हुुँदै थपे 'सुकुनामा स्ववियुको नाममा तिरेको पैसा कुनै पनि स्ववियुका नेताहरुको श्रीमतीलाई साडी किन्न तिरिएको हैन । त्यो बिद्यार्थीको हितको लागि हो । '

उनले अगाडि थपे ‘अस्ति भर्खरै मात्र ने. वि.संघले यहाँ धर्ना बसिरहेको बेला, सुकुनामा सांढे भएर बसेको मिलन बस्नेत भन्ने गुण्डाले हाम्रो भोजराज भुजेल भाईलाई भोलिबाट आन्दोलनमा हिँडिस् भने तेरो हात–खुट्टा भाँचिदिन्छु भन्नुभयो ।’

‘चौबिस घण्टा सम्म प्रहरीले अपराधिलाई नियन्त्रण भएन अब हामी प्रशासनलाई गुहार्दैनौ, यहाँ खुनको बदला खुन हुन्छ । सुकुनामा रगतको खोलो बग्छ । त्यसका लागि हामी तयार छौँ ।’ भन्दै पोख्रेलले चर्को भाषण गरेका थिए । यससँगै सभाका सञ्चालक तथा ने. विं संघ सुकुना बहुमुखी क्याम्पसका निवर्तमान सभापति सुमन ढकालले आफ्ना आन्दोलनका कार्यक्रम फेरि सार्वजनिक गरि चरणवद्ध संघर्ष गर्ने बताए ।

bigyapti 2

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved