बेलबारीमा अन्तरराष्ट्रिय कराँते प्रतियोगिता हुने

  • प्रकाशित मितिः कार्तिक २२, २०७६
  • उज्यालो प्रदेश
alt


बेलबारी । मोरङको बेलबारीमा नोवेल अन्तराष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।
बेलबारी सितोरियो कराते संघले शुक्रवार बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । प्रतियोगितामा भारत, वंगलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, मलेसिया र इराक गरी आठ देशका करिव छ सय खेलाडीहरूको सहभागिता रहने बेलबारी डोजोका प्रमुख प्रशिक्षक कुन्ति गुरुङले बताईन् । साथै नेपालको ७ वटै प्रदेशको खेलाडीहरुको पनि सहभागिता रहने भएको छ ।
खेल बेलबारी–३ स्थित नेपाल तमु बुद्धिष्ट गुम्वामा हुने प्रतियोगितामा विश्व कराते संघ डब्लु केएफ को नियम अनुसार हुने छ । खेलमा विभिन्न तौल समूहका खेलाडीहरू सहभागि रहने छन् ।
प्रतियोगिताका टिम च्यापियनलाई एक लाख, टिम दोस्रो सेकेन्ड हुनेलाई ७५ हजार र टिम तेस्रो हुनेलाई ५० हजार प्रदान गरिने जनाएको छ ।
प्रतियोगिताबाट गोल्ड ८५, सिल्भर ८५ र ब्राउड एक सय ७० गरी जम्मा तीन सय ४० ओटा मेडल खेलाडीहरूले लाने छन् । खेलको कुल बजेट २१ लाख २३ हजार छ सय रहने छ । बेलबारीले २९ वर्ष अघिदेखि सितोरियो कराते खेलाउन सुरु गरेको थियो ।
प्रतियोगिताका लागि नोवेल मेडिकल कलेज विराटनगरले मुख्य प्रायोजन गर्ने भएको छ । त्यसैगरी बेलबारी नगरपालिका संग पनि सहयोगका लागि पहल भईरहेको बेलबारी डोजोका अध्यक्ष सञ्जय सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved