एमसीसीविरुद्ध नेपाल २०८ रनले पराजित

  • प्रकाशित मितिः कार्तिक २२, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं । तेस्रो दिन बिहीबार ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा सवै विकेट गुमाएर १ सय ८४ रनमात्रै बनाउन सक्यो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। यस्तै सन्दीप लामिछानेले २५ रन जोडे।

यस्तै राजु रिजालले ३१, शरद भेषावकरले १५, आरिफ सेखले १९ तथा करण केसीले १८ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा पवेलियन फर्किए। नेपालका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफले खाता नै खोल्न सकेनन।

बुधबार पहिलो दिन पूरै खेलेर बिहीबार पहिलो शत्रसम्म पहिलो इनिङ्स खेलेको एमसीसीले ३६४ रन बनाएको थियो। त्यो पछ्याएको नेपाल बिहीबार नै १५३ रनमा अलआउट भयो। बिहीबार अन्तिम शत्र र शुक्रबार पहिलो दिन गरि एमसीसीले ३९२ रनमा इनिङ छाडेको थियो।

अन्तिम दिन उक्त लक्ष्य पछ्याएको नेपाल सबै विकेट गुमाएर १ सय ८४ रनमै समेटिएको हो। नेपालले १४ वर्षपछि बुधबार प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो । सन् २००५ पछि नेपालले त्रिवि क्रिकेट मैदानमा बुधबार विश्व प्रशिद्ध क्लब मेरिलेबन क्रिकेट क्लब९एमसीसी०सँग प्रथम श्रेणीको क्रिकेट खेलेको हो ।

गतवर्ष एकदिवसीय मान्यता पाएपछि एमसीसीले नेपालमा खेल्ने तीन दिवसीय खेललाई आईसीसीले फस्ट क्लास क्रिकेटको मान्यता दिएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले टेष्ट मान्यता नपाएका राष्ट्रका लागि अन्तर महादेशीय कपको नाममा प्रथम श्रेणीको क्रिकेट सुरु गरेको थियो । सन् २००४ मा सुरु भएको यो प्रतियोगिताको नेपालले पहिलो पहिलो दुई संस्करण खेलेपनि त्यसपछि प्रतियोगितामा छनोट हुन सकेन ।

सन् २००६ को आईसीसी अन्तर महादेशीय च्यालेन्ज कपमा नेपालले नामिबियाको मैदानमा बराबरी खेलेपछि कुनै पनि आईसीसीको पहिलो श्रेणीको क्रिकेट खेलेको छैन ।

एमसीसीले यसअघिको नेपाल भ्रमणको पहिलो एकदिवसीय खेलमा यू–१९ टोलीलाई ५ विकेटले पराजित गर्दै नेपाल भ्रमणको सुरुवात गरेको थियो । लगत्तै अर्कोदिन भएको खेलमा नेपाली राष्ट्रिय टोलीले एमसीसी ५ विकेटले पराजित गर्यो ।

तीनदिन प्रथम श्रेणीको क्रिकेट खेलेपछि एमसीसीको टोली पोखरा भ्रमणमा निस्कनेछ । पोखरामा पोखरा–११ र मुख्यमन्त्री–११ सँग मैत्रीपूर्ण खेल खेल्ने एमसीसीको कार्यक्रम छ । एमसीसी फाउन्डेशनले विकासिल देशहरुमा भ्रमण गर्ने उदेश्यसहित यो टूरको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved