प्रेम गीत ३’ को छायाँकन सुरु

  • प्रकाशित मितिः कार्तिक २२, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं– अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रेम गीत ३ को छायाँकन सुरु भएको छ । शुक्रबार काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहूर्तसँगै फिल्मको छायाँकन सुरु गरिएको हो ।
बल्खुको सुन्दरीघाटमा निर्माण गरिएको दरबारको सेटबाट छायाँकन सुरु गरिएको फिल्म मनाङका रमणीय स्थलमा समेत खिचिने निर्माण युनिटले जनाएको छ ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहने फिल्म धेरै पुरानो प्रेमकथामा बन्न लागेको हो ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको फिल्मका निर्माता निर्देशक सेन नै हुन् । कल्याण सिंह र एलिश कार्कीको संगीत, राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको नृत्य रहेन फिल्म बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गर्नेछन् ।

निर्देशक गुरुङ र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका हुन् । चक्रबहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सेन र ओएसआर डिजिटल सह–निर्माताका रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved