एकल महिला(बुहारी)को ससुराले गरिदिए विवाह ...

  • प्रकाशित मितिः आश्विन ३०, २०७६
  • उज्यालो प्रदेश
alt

 

केराबारी,मोरङ। मोरङको केराबारी ९ भलुवामा विहीवार एउटा विवाह भईरहेको थियो । वैवाहिक कार्यक्रमहरु गाउँ शहरमा भईरहन्छन् यो स्वभाविक कार्यक्रम हो ।
तर विहीवार भएको विवाहमा केहि फरक थियो । त्यहि फरक विवाहका कारण गाउँलेहरुले चासोका विवाह कार्यक्रम हेरिरहेका थिए ।
मोरङ केराबारी गाउँपालिका वडा नं. ९ भलुवा निवासी कुवेरप्रसाद पोख्रेलले आफ्नो एकल बुहारीको आफ्नै घरबाट विवाह गरिदिएका छन् । यिनै एकल बुहारीको वैवाहिक कार्यक्रम हेर्न गाउँलेहरुलाई चासो जागेको हो ।
कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको २०६७ साल असार १४ गते २४ वर्षको अल्पआयुमै निधन पछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरीको दर्जामा राखेर मायाममता मात्र दिएनन् । पोख्रेल परिवारले अन्तत उनीले इच्छाएको दुलाहा संग विवाह नै गरिदिएका छन् । दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले गाउँका भद्रभलाद्मी सबै बोलाएर विहीवार विवाह गरिदिएका हुन् । छोरी सरह बुहारीको विवाह गरिदिएको छु कुवेरप्रसाद पोख्रेलले बताए । सुनिताको झापा घैलाडुब्बा निवासी बलबहादुर कार्की संग उनको विवाह भएको छ ।

सुनिताको श्रीमान् पुण्यप्रसाद पोख्रेल घंघरु स्थित स्वास्थ्य संस्थामा कार्यरत थिए । उनी संग २०६५ साल तिर विवाह भएको थियो । विरामी हजुरबालाई उपचार गर्न मोटरसाईकलमा जादै गर्दा मोटरसाईकल दुर्घटनामा परि उनको श्रीमान्को निधन भएको थियो । त्यतिखेर सुनिताको छोरी डेडवर्षको मात्र रहेकी थिईन् । श्रीमान्को निधन पश्चात घरपरिवारको सल्लाह अनुशार छोरी सहित सुनिता माईतमै बस्दै आएकी थिईन् । उनी माईतमा बसेर अध्ययनका साथसाथै निजी विद्यालयमा पनि अध्यापन गर्दै आएकी थिईन् । उनको छोरी अहिले १३ वर्षकी भएकी छिन् ।

आफ्नो एकल बुहारीलाई कुवेर प्रसादले आफ्नो रितीरिवाज विवाह गरि विदाई गरेपछि छरछिमेकले पनि खुशी व्यक्त गरेका छन् । विवाहमा स्थानीय राजनैतिक दलका नेता र स्थानीय जनप्रतिनिधिहरु पनि उपस्थित भई शुभकामना दिए । नेकपा केराबारीका अध्यक्ष राम कार्की, केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्ल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved