मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

  • प्रकाशित मितिः आश्विन २९, २०७६
  • उज्यालो प्रदेश
alt

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके ।

तर, मुस्ताङ वारागुङ गाउँपालिका १ लुप्राले भने बोन धर्म मान्न अझै छाडेको छैन । सिंगो मुस्ताङमा लुप्राले मात्रै बोन धर्म मान्छ । बोन धर्म, संस्कृतिलाई जोगाउँन स्थानीयले २ वर्ष अघि घरबास होमस्टे सुरु गरेका थिए । बोन सामुदायिक होमस्टे । अहिले सोही होमस्टेमा बोन धर्म संस्कृतिबारे चासो राख्ने अनुसन्धानकर्ताको चासो बढ्दै गएको छ ।

विभिन्न देशबाट आएका विदेशी नागरिक लुुप्रामा अनुसन्धानका लागि पुग्ने गरेको स्थानीय बताउँछन् । बोन धर्म संस्कृतिलाई जोगाउँने उद्देश्यले बोन सामुदायिक होमस्टे सुरु गरेको उनी बताउँछन् । ‘८ घरबाट दुई वर्ष अघि सुरु गरेका थियौं,’ उनले भने, ‘सुविधाहरु पु¥याउन सकिन्न कि भनेर ८ घरबाट सुरु गरेका थियौं ।’ होमस्टेमा पाहुनाहरु बढ्दै गएपछि घर पनि बढाउँदै लैजाने सोच लिएर होमस्टे सुरु गरेका उनले बताए ।

स्थानीयका अनुसार बोन धर्म बुद्ध धर्म जस्तै हो । बोन धर्म सुरुमा तिब्बतबाट सुरु भएको मानिन्छ । बोन धर्म बौद्ध धर्मभन्दा पुरानो धर्म रहेको स्थानीय बताउँछन् । ‘बोन धर्म प्राकृतिक पुजासंग जोडिन्छ,’ स्थानीय युङद्रुङ छेवाङले भने, ‘बौद्ध धर्मभन्दा बोन धर्म पहिलेदेखि मान्दै आएको पनि भनिन्छ ।’

बोन धर्म १२ औं शताब्दिताका उत्पति भएको अनुमान रहेको उनले सुनाए । बोन धर्मको रीतिरिवाज, भेषभुष, परम्परा तिब्बतीहरुसंग मिल्ने स्थानीय बताउँछन् । ‘अहिले पनि हाम्रोे भेषभुषा तिब्बतियनसंग मिल्छ,’ उनले भने । लुप्रामा जम्माजम्मी १४ घर छन् । त्यसमध्ये ८ घरमा घरबास९होमस्टे० चलाइएको छ ।

बोन धर्मको मुख्य विशेषता तिजी हो । तिजी हिंसा हटेर शान्ति शुव्यवस्था आएको खुसियालीमा मनाइने उनले जानकारी दिए । तिजी ५ दिनसम्म चल्छ । खेतिपाती सकिएको खुसियालीमा पनि बनाइन्छ तिजी । आ – आफ्नो आर्थिक हैसियत अनुसार खानपान र नाँचगान गरेर तिजी मनाउँने उनले सुनाए । तिजी बिहान पुँजापाठ र बेलुका लामा नाँच नाँचेर मनाइन्छ ।

होमस्टे थप्ने स्थानीयको चाहना हुँदा हुँदै पनि थप गर्न नसकिएको उनले सुनाए । होमस्टेबारे जानकारी नहुँदा लुप्राबासि अन्यौलमा रहेको उनी बताउँछन् । ‘होमस्टे चलाउँने मन भए पनि त्यसको लागि हामीसंग पर्याप्त जानकारी छैन,’ उनले भने, ‘हामीसंग अनुभव निकै कम छ । कसरी चलाउँने भनेर हामी यसै अलमलिएका छौं ।’

होमस्टे चलाउँन ठाउँ ठाउँका होमस्टेमा पुगेर जानकारी लिन पाए सहज तरिकाले होमस्टे सञ्चालन गर्न सकिने उनको बुझाई छ । ‘होमस्टे चलेका ठाउँमा पुगेर कसरी चलाइन्छ बुझ्न पाए अलि सहज तरिकाले चलाउँन सकिन्थ्यो कि भन्ने लागेको छ,’ उनले भने ।

होमस्टे चल्नको लागि अर्को कमि प्रचार प्रसार पनि रहेको उनको ठम्याईं छ । बोन सामुदायिक होमस्टेको बारे मुस्ताङ आउँने धेरै जसो पर्यटक अनभिज्ञ रहेको उनले सुनाए । ‘एक त प्रचार प्रसार पनि कम छ, अर्को अनुभव छैन,’ उनले भने । मिडिया, पर्यटन बोर्ड लगायतका संघ संस्थाले प्रचार प्रसारमा ल्याइ दिएमा होमस्टेमा पाहुनाहरु बढ्दै जाने उनको आशा छ ।

सदुरमुकाम जोमसोमदेखि र मुक्तिनाथको बिचमा पर्छ लुप्रा । लुप्रा पुग्ने मोटर बाटो पनि बनेको छ । होमस्टेमा वार्षिक १ सय देखि १ सय १० को हाराहारीमा पाहुना पुग्ने गरेको उनले सुनाए । लुप्रामा गुरुङ र ठकुरी जातिको बाहुल्यता छ ।

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved