पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

  • प्रकाशित मितिः आश्विन २९, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन्द्र मल्ललाई अघि सारेका छन् । भावी कप्तानको बारेमा सोधिएको प्रश्नमा खड्काले केही बर्ष मल्लले कप्तानी सम्हाल्नु पर्ने बताए ।

टोलीको सबै भन्दा सिनियर खेलाडी भएकोले उनले मल्लले केहि बर्ष लिड गर्नु पर्ने खड्काको भनाई छ । त्यसोत उनले दीपेन्द्र सिहं ऐरीले उप कप्तानको जिम्मेवारी सम्हाली सकेकोले उनी पनि कप्तानको दाबेदार हुन् सक्ने तर्फ संकेत गरेका छन् । आफुले राजिनामा दिएको विषयमा पहिल्यै देखि सोची रहेको र सरसल्लाह गरेको उनले प्रष्ट पारेका छन् । तर निर्णय भने आफ्नो व्यक्तिगत रहेको उनले प्रष्ट पारे ।यद्यपि कप्तानीको निर्णय टिम म्यानेजमेन्टमा रहने उनले प्रष्ट पारे।

राजिनामापछि प्रतिक्रिया दिदै खड्काले आफुले निलम्बन फुकुवाको समय पर्खिरहेको र फुकुवा हुनासाथ राजिनामा दिने सोच पहिल्यै नै बनाएको बताएका हुन् । उनले क्यानको निलम्बन फुकुवा भएसंगै अब नयाँ तरिकाबाट अगाडी बढ्नु पर्ने र सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने बताए । उनले भने फिल्डमा जित वा हारको समयमा राजिनामा दिने भन्दा पनि निलम्बन फुकुवाको क्षण कुरिरहेको थिए ।

उनले भविष्यमा कप्तानको लागि अफर आएपनि आफु कप्तान नबन्ने र खेलाडीको रुपमा अर्को निर्णय नगरेसम्म खेली रहने बताए । २००९ देखि लगातार १० बर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका उनले सबै भन्दा ठुलो क्षण एक दिवसीय मान्यता पाउनु रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved