राष्ट्रपति सीको पथमा नेकपा र सरकार

  • प्रकाशित मितिः आश्विन २९, २०७६
  • उज्यालो प्रदेश
alt

राष्ट्रपति सीको पथमा हिड्दैछ नेकपा र सरकार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी र सरकार सञ्चालनमा ‘स्वच्छता र सुशासन’ लागु गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षका बीचमा भएको ‘वान टु वान’ छलफलमा अध्यक्षद्वय यो निष्कर्षमा पुगेका हुन् ।

नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपाका नेतालाई ‘स्वच्छता र सुशासन’ मा ध्यान ध्यान दिन सुझाव दिएपछि यसले सत्तारुढ पार्टीलाई चनाखो बनाएको छ । तर यसलाई प्रयोग गर्ने नीति र विधि के हुने र कस्ता कार्यक्रमहरु बनाएर यसको कार्यान्वयन हुने भन्ने बारेमा नेकपाले मुख खोलेको छैन ।

पार्टी र सरकार सञ्चालनमा सीको सो सुझाव ‘रामवाण’ साबित हुने भए पनि सिंगो पार्टीपंक्ति र सरकारको विसाल संयन्त्रमा यसको कार्यान्वयनका विधि र तरिकाहरु अवश्य पनि फरक हुने छन् । फेरि सिंगो पार्टीपंक्ति विश्वस्त हुन र त्यसलाई व्यवहारतः लागू गर्न गराउन श्रृंखलावद्ध अभियानको जरुरी हुने देखिन्छ ।

विसाल सरकारी संयन्त्रमा यसको कार्यान्वयन त महाभारतका पर्वहरु र रामायणका काण्डहरुको श्रृंखला नै पार गर्नु पर्दछ । राजनीति र राजनीतिक प्रक्रिया समाज विज्ञानमा आधारित प्रक्रियाहरु हुन् । यी विशुद्ध रुपमा कुनै ल्याब वा प्रयोगशालामा सिमित भएर गरिने कुराहरु होइनन् ।

यिनका पछाडि विभिन्न सामाजिक तहतप्का, भिन्न मनोवैज्ञानिक बनोट, वुद्धि, विवेक र चेतनाका अन्तर, भिन्न विचारको प्रभाव, विभ्रमको चिरफार, वैज्ञानिकताको पुष्टि, अथक र प्रतिवद्ध नेता तथा कार्यकर्ता, जनविश्वास र अटुट प्रेरणा आदि जस्ता कुराले काम गर्ने गर्दछन् ।

तथापि यसको सुरुआत थोरै संख्यामा रहेका शीर्ष नेताहरुबाट गरियो भने संभव भने देखिन्छ । यसले कम्युनिष्ट पार्टीका साथै सरकार बलियो बनाएर अगाडि बढ्न सघाउ पुर्याउने छ । यस विषयमा पार्टी सचिवालय बैठकमा समेत गम्भीर समीक्षा हुने बताइएको छ । शायद यति नै बेला स्वच्छता र सुशासनको बारेमा गम्भीर छलफलसहित यसको नीति र विधि तय गरिने छ ।

राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका अध्यक्ष दाहाल सहित वरिष्ठ नेताहरु एवं पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्यहरु वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुँदा यसका बारेमा गम्भीर रुपमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved