सांसद साहलाई अनुसन्धान गर्न अदालतले दियो ४ दिनको म्याद

  • प्रकाशित मितिः आश्विन २९, २०७६
  • उज्यालो प्रदेश
alt

जनकपुर । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साहमाथि अनुसन्धान गर्न अदालतले ४ दिन म्याद दिएको छ।


धनुषा जिल्ला अदालतका न्यायाधीश तीर्थ प्रसाद केसीको इजलासले मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका साहबारे हिरासतमै राखेर ४ दिन अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा धनुषा अदालतले मंगलबारै सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो। पूर्जी जारी भएको केही घन्टामै साह पक्राउ परेका थिए। साह काठमाडौंबाट जनकपुर फर्किने सिलसिलामा त्रिभुवन विमानस्थल पुगेका थिए।

सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved