विश्वको १०० प्रेरणादायी महिलाको सूचिमा नेपालकी बोनीता

  • प्रकाशित मितिः आश्विन २९, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं । नेपाली चेली बोनीता शर्मा विश्वका प्रेरणादायक र प्रभावशाली १०० महिलाको सूचीमा पर्न सफल भएकी छन् ।

बीबीसीले हरेक वर्ष विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । विगत वर्षझैं यस वर्ष पनि बीबीसीले सूची सार्वजनिक गरेको छ, जसमा विभिन्न देशका महिलासँगै शर्मा पनि समेटिएकी छन् ।

शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स संस्थाकी संस्थापक हुन् । उनी नेतृत्वको संस्थाले महिला सशक्तीकरणसँगै पोषण क्षेत्रमा काम गर्दै आइरहेको छ ।

बीबीसीले महिला सशक्तिकरणसँगै पोषण क्षेत्रमा शर्माले पुर्‍याएको योगदानको कदर गर्दै विश्वका १०० प्रभावशाली महिलाको सूचीमा उनलाई पनि समेटिएको जनाएको छ ।

बीबीसीका अनुसार, शर्मा निकै संघर्षका साथ सामाजिक सेवामा आएकी हुन् । सुरुमा उनलाई गृहिणी बन्ने चर्को दबाव थियो । तर, आमाको प्रेरणाले डिग्री हासिल गरेकी उनले महिला शिक्षा र तिनको सशक्तीकरणका लागि भूमिका खेलेको बीबीसीमा उल्लेख छ ।

महिला शिक्षाका लागि उनका परियोजनाले खेलेको भूमिकाको सम्मान गर्दै युनेस्को मलाला कोषबाट उनको संस्था पुरस्कृतसमेत भएको छ ।

उनको संस्थाले ‘सोचाइ पोषणका लागि युवा कार्यक्रम’लगायतका अभियान अगाडि बढाउँदै आएको छ । कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न उनले न्युट्रबिड्स डिजाइन गरेको बीबीसीमा उल्लेख गरेको छ । त्यस्तै, आफ्ना बच्चाहरूलाई कसरी पोषणयुक्त खाना खुवाउन सकिन्छ भनेर उनले फलाएको जागरणलाई पनि बीबीसीले उदाहरणीय भनेको छ ।

बोनीतासँगै विश्वका विभिन्न क्षेत्र तथा पेसामा रहेका अन्य देशका ९९ सय महिलालाई पनि बीबीसीले प्रभावशालीको सूचीमा राखेको छ । प्रभाशाली विश्वको पहिलो नम्बरमा प्रिसियस आडम्स परेकी छन् । अमेरिकाकी उनलाई कला क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै पहिलो नम्बरमा राखिएको हो । आइरन लेडी अफ काश्मीरको उपमा पाएकी मानव अधिकारवादी प्रभीना अह्यांगर दोस्रो नम्बरमा छिन् । त्यस्तै, तेस्रो र चौथोमा क्रमशः इटालीकी राजनीतिक पियरा अइलो र क्रिकेटर जस्मिन अक्तर परेका छन् । महिला सशक्तीकरणमा पछि परेको ठानिएको साउदी अरेबियाकी कलाकार मनल अलदोवयन पाँचौमा परेकी छन् ।

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved