जन्मदिनमा शहिदका विद्यार्थीलाई स्वीटर वितरण

  • प्रकाशित मितिः आश्विन २३, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी,मोरंग । मोरंगको बेलबारीमा रहेको शहिद स्मृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वीटर वितरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । केराबारी निवासी भीम कार्कीले आफ्नो छोरा रिदम कार्कीको जन्मदिनको अवशर पारेर विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक स्वीटर प्रदान गरेको हो । स्वीटर वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष राम कार्की, संस्थापक अध्यक्ष भक्तशेर लिम्बू लगायत स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेर जन्मदिनलाई सृजनात्मक ढंगले मनाएको भन्दै विद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved