दोस्रो पथरी शनिश्चरे फुटबल हुने

  • प्रकाशित मितिः आश्विन १६, २०७६
  • उज्यालो प्रदेश
alt

पथरी। मोरङ्गको पथरीशनिश्चरे १ सुनखरी फुटवल मैदानमा असोज २९ देखी कार्तिक ६ सम्म दोश्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

आयोजक सुनाखरी युवा क्लवले पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको विजेताले ८१ हजार १ सय ११ रुपैयाँ र ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले ५१ हजार १ सय ११ रुपयाँ र ट्रफि प्राप्त गर्ने खेल संयोजक नविन ढकालले जानकारी दिए ।

यस्तै विधागत रुपमा उत्कृृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाइकरलाई समेत पुरस्कृत गरिने भएको छ । दैनिक खेलको म्यान अफ दि म्याचले समेत पुरस्कार प्राप्त गर्ने छन् । आयोजकसहित ८ टोली सहभागी रहने सो प्रतियोगीतामा झापा, मोरङ्ग र सुनसरीका फुटवल टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा आयोजक, पथरी ११, एपिएफ झापा, दमक फुटवल क्लव, पञ्चायन पिएफसि सुनसरी, योसेक फुटवल क्लव, लेटाङ्ग फुटवल क्लव र डागीहाँट फुटवल क्लवले सहभागीता जनाउने आयोजकले जनाएको छ । पथरीशनिश्चरे नगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा सम्मन्न हुने प्रतियोगिताको पहिलो संस्करण लेटाङ्ग फुटवल क्लवले जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved