वर्षेनी १००० बलात्कार पीडितलाई वयान फेर्न बाध्य पारिन्छ’

  • प्रकाशित मितिः आश्विन १६, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा पदमुक्त भएको सूचना सार्वजनिक गर्नुभन्दा २४ घण्टा पहिला नै पीडित भनिएकी महिलाले महरालाई ‘क्लिन चिट’ दिएको भिडियो सार्वजनिक भयो । जब कि महराले आफूलाई जबरजस्ती करणी गरेको भन्ने ती महिलाको आरोपलाई नै आधार मानेर राजीनामा दिएका थिए ।

सञ्चार माध्यममा सार्वजनिक पहिलो भिडियोमा बलात्कारी भनेकी महिलाले अर्को भिडियोमा भने महरालाई ‘बाउ समान’ को मान्छे भनेकी छन् । अर्थात् जसले बलात्कारको आरोप लगाएकी थिइन्, उनैले पछि आफ्नो वयान फेरिन् ।

पहिला बलात्कारी भनेको व्यक्तिलाई पीडितले नै पछि सफाइ दिएको यो नै पहिलो घटना भने होइन । अधिकारकर्मी डा. रेणु अधिकारी बलात्कारीले सजायँ पाउने निश्चित भएपछि अदालतबाट अन्तिम फैसला हुने बेलासम्म पनि पीडितको वयान प्रभावित गर्ने प्रयत्न हुने गरेको बताउँछिन् ।

‘कम्तिमा एक तिहाई पीडितलाई विभिन्न दबावरप्रलोभन दिएर वयान फेर्न बाध्य पारिन्छ’, डा अधिकारी भन्छिन्, ‘कति पीडितले वयान फेरे भन्नु भन्दा पनि उसले कुन(कुन कारणले आफ्नो कुरामा टिक्न सकेन भन्ने विषय खोतल्नु जरुरी छ ।’

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा तीन हजार १६ वटा बलात्कारका घटना भए । डा। अधिकारीको भनाइलाई मान्ने हो भने गत आर्थिक वर्षमा मात्रै एक हजारभन्दा बढी पीडित वयान फेर्न बाध्य भएको देखिन्छ ।

यो प्रहरीमा दर्ता भएको घटनाको मात्रै आँकडा हो । महराको नाम जोडिएको जस्तो प्रहरीको जानकारीमा पुगेर पनि उजुरी नै दर्ता नभएका घटनाहरू भने माथिको आँकडामा समावेश छैन ।

पछिल्लो समयमा पीडितले उल्टो वयान ९होस्टाइल० दिने घटना बढ्दै गएको जानकारहरू बताउँछन् । पीडक शक्तिशाली भएको मुद्दामा होस्टाइलको सम्भावना झनै बढी हुन्छ । होस्टाइल बढ्नुको अर्थ यस्तो अपराधमा शक्तिशालीहरूको संलग्नता बढ्नु पनि हो ।

होस्टाइल शब्द समान्यतया अदालतमा पुगेको मुद्दामा प्रयोग गरिन्छ । तर, पछिल्लो समयमा अदालतमा नपुग्दै पीडितलाई प्रभावमा पार्ने क्रम पनि बढेको अधिकारकर्मीहरू बताउँछन् ।

‘सभामुखसँग जोडिएको केस भएकाले चर्चामा आएको हो मात्रै हो’ अधिकारकर्मी डा। अधिकारी भन्छिन्, ‘पीडित वयान फेर्न बाध्य पार्ने घट्ना दिनहुँ जस्तो भइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved