दसैँमा के खाने, के नखाने ? स्वस्थ्य मासु कसरी छान्ने ?

  • प्रकाशित मितिः आश्विन १४, २०७६
  • उज्यालो प्रदेश
alt

मासु हलुका गुलाबी, हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ । मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, अन्य बेलाको मासुकोभन्दा फरक किसिमको गन्ध आएको भए त्यो पनि अयोग्य हुन्छ ।

मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको हुनु पर्छ । मासु काट्दा र समात्दा तन्किनु हुँदैन । मासु किन्ने पसल, मासु काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका सफा भए नभएको हेर्नु पर्छ ।

दसैँमा के खाने, के नखाने ?
चाडबाडमा खानपानले बढी महत्व पाउने गर्छ। दसैँमा मासु, मदिरा र मिठाईको अत्यधिक प्रयोग गरिन्छ।तर, यसले हृदयघात, मस्तिष्कघातजस्ता रोगको सम्भावना बढाउने छ ।

विशेषगरी मासुजन्य खानेकुरा, चिल्लो, गुलियो, नुनिलो, तारेका खानेकुरा, जंकफुड आदिको अत्यधिक प्रयोग स्वास्थ्यका दृष्टिकोणले लाभदायी मानिँदैन।बढी चिल्लो र कोलेस्ट्रोलयुक्त खानेकुराले रक्तचाप, हृदयघात, मस्तिष्कघात र मुटुसम्बन्धी समस्या निम्त्याउँछ।त्यस्तै पेटसम्बन्धी समस्या, फुड पोइजन, अल्सर, युरिक एसिड, मोटोपनजस्ता रोग लाग्ने सम्भावना अधिक हुन्छ।


त्यसैले चाडबाडमा रमाइलोसँगै हामीले खानपानमा पनि ध्यान दिनुपर्छ।त्यसैले रातो मासु कम खाने, तारेको खानेकुरा नखाने, प्याकेट वा बोतलका जुस प्रयोग नगर्ने, चिनी घिउ र क्रिमको प्रयोग कम गर्ने र फलफूल र सागसब्जी धेरै खाने गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved