बराहको रजत महोत्सवमा ८ पत्रकार पुरस्कृत

  • प्रकाशित मितिः आश्विन १४, २०७६
  • उज्यालो प्रदेश
alt

धरान । धरानमा संञ्चालनमा रहेको बराह ग्रुपको रजत जयन्ती समारोहमा धरानका ८ जना अग्रज तथा सक्रिय युवा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

बराहले बर्षेनी बार्षिकोत्सवमा ३ जनालाई पुरस्कृत गर्दै आएकोमा यसपाली रजत जयन्ती अवसर पारेर ८ जनालाई सम्मान तथा पुरस्कार दिएको हो । इन्द्र बराह स्मृति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार गंगा बराल सम्मानित भएकी छिन् । उनले नगद १६ हजार ५ सय ५५ सहित सम्मान पत्र पाइन् ।

यस्तै, इन्द्र बराह प्रोत्साहन पत्रकारिता पुरस्कारबाट रत्न प्रसाद आचार्य र गमबहादुर लम्जेल पुरस्कृत भए । दुवैले जनही १३ हजार ५ सय ५५ रुपैया पाए ।

यस्तै, रजत उत्सव पत्रकारिता सम्मानबाट भैरव आङ्ला, गोपाल दाहाल, सन्तोष काफ्ले जनही १३ हजार ५ सय ५५ रुपैयाले सम्मानित भए भने रजत उत्सव पत्रकारिता प्रोत्साहन पुरस्कारबाट जनही १० हजार ५ सय ५५ रुपैयासहित भरतराज शर्मा गोपाल र विनय प्रधान पुरस्कृत भए ।

सोमबार धरान ८ स्थित सभागृहमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने, बिशिष्ट अतिथि एवं कृर्षि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश उपसभामुख सरस्वती पोखरेललगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved