भट्टराईलाई मैनाली स्मृति पत्रकारीता पुरस्कार

  • प्रकाशित मितिः आश्विन १४, २०७६
  • उज्यालो प्रदेश
alt

विराटनगर । जर्नादन मैनाली स्मृति पत्रकारीता पुरस्कारबाट विराटनगरकी पत्रकार इन्दिरा भट्टराई पुरस्कृत भएकी छिन् ।

नेपाल प्रेस संगठन मोरङले सोमबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि पत्रकार भट्टराईलाई नगद १५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो ।

पुरस्कृत भएकी भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री पण्डितले रिक्स मोलेर गरिएको पत्रकारीता सम्मानित पेशा भएकोले यसको विस्तार गरिनु पर्नेमा जोड दिए । उनले जनउत्तरदायि भएर सत्य तथ्यमा रहेर पत्रकारीता गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस संगठनका केन्द्रीय सदस्य लिलाराज भट्टराईले महिला पत्रकार न्यून रहेको जानकारी गराउँदै आगामी दिनमा महिला पत्रकारलाई प्रोत्साहन गर्दै उत्पादन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेललगायलते बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved