केराबारीमा स्वास्थ्य बीमा सूरु सन २०२० सम्म ५० प्रतिसत नागरिकलाई स्वास्थ्य बीमा गराउने लक्ष्य

  • प्रकाशित मितिः आश्विन १२, २०७६
  • उज्यालो प्रदेश
alt

मोरंग । नेपाल सरकारले सन २०२० सम्म नेपालमा ५० प्रतिसत नागरीकलाई स्वास्थ्य बीमा मार्फत पहुच पुरयाउने राष्टिय लक्ष्य अनुसार मोरंगको केराबारी गाउँपालिकामा पनि स्वास्थय बीमा आइतबारदेखि सुरु गरिएको छ । स्वास्थ्य वीमा सुरु गरिएसंगै केराबारी गाउँपालिकाको १० ओटै वडामा नागरिकले स्वास्थय वीमाका लागि दर्ता सहयोगी मार्फत वीमा गर्न सक्नेभएका छन् ।

71690627_388014372132611_7556872499204456448_n

स्वास्थय वीमा बोर्डका मोरङ जिल्लाका संयोजक दिलिप पोख्रेल,गाउपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भूजेल,प्रमुख प्रशासकिय अधिकृत पुण्य प्रसाद पौडेल सहित राजनीतिक दल,सरोकारवाला, जनप्रतिनीधि सहितको उपस्थितीमा केराबारी गाउपालिकामा स्वास्थ्य बीमा सुरु गरिएको हो । स्वास्थय उपचारमा नागरीकको पहुच स्थापित गर्दै हरेक नेपालीलाई आर्थिक राहत तथा उपचारमा सहजता प्रदान गर्न सुरु गरिएको यो बीमा अभियान नेपालका ४९ ओटा.जिल्लामा लागु गरिएको छ ।

71210215_515439572581852_4980752115791036416_n

५ जना सदस्य भए प्रति परिवार ३५०० तिरेपछि १ वर्ष सम्म कुनैपनि सदस्य बीरामी परे १ लाख सम्म को उपचार सुविधा पाइने प्रावधान रहेको छ भने त्यसभन्दा वढी सदस्य भए प्रति सदस्य ७ सय थप गर्दा २० हजार सम्मको उपचार थप सहित.उपचार हुने प्रावधान रहेको छ । यदपी तोकिएको रकम १वर्षे समयसीमा तोकिएको छ भने त्यसपछि नविकरण गर्दै जानुपर्ने छ ।

स्वास्थ्य वीमा शुभारम्भ कार्यक्रममा केराबारी ९ की बिमला सापकोटाले बीमा गराएकी थिइन् ।उनलाई स्वास्थ्य विमाको पुर्जी केराबारी गाउँपालिका प्रमुख रोहित वहादुर कार्कीले बितरण गर्नुभएको थियो । कार्यक्रममा सापकोटा सहित अन्य विभिन्न वडामा वीमा गर्न छनौट गरिएको प्रतिनीधिहरुले पनि वीमा गराएका थिए ।

स्वास्थ्य वीमालाई प्रभावकारी बनाउन मोरङ जिल्लामा १५६ जना दर्ता सहयोगी खटाइएको छ । देशैभरी खटिएका सहयोगीहरुले बीमा गराउने र सन २०२० सम्म ५० प्रतिसत र सन २०३० सम्म १०० प्रतिसत नागरीकलाई स्वास्थ्य वीमामा पहुच पुरयाउने सरकारको लक्ष्य रहेको स्वास्थय वीमा कार्यक्रमका मोरङ संयोजक दिलिप पोख्रेलले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved