मिक्लाजुङमा कुवापानीमा पहिरो जादा आवागमनमा समस्या

  • प्रकाशित मितिः आश्विन ११, २०७६
  • उज्यालो प्रदेश
alt

मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ कुवापानीमा शुक्रबार बिहान ठुलो पहिरो गएको छ । बिहान पाँच बजेबाट पहिरो जान थालेको र शुक्रबार साँझ सम्म पनी पहिरो रोकीने छाँटकाँट नदेखीएको मिक्लाजुङ गाउँपालिका वडा नं २ का वडा सदस्य नैन राईले बताए ।

राईले टेलीफोन सम्पर्कमा भने ठुलो पहिरो गयो अम्लीसोबारी भएकाले कुनै मानब बस्ती नभएकाले हाल सम्म कुनै मानविय क्षती भने नभएको राईले बताए ।

पहीरोले मिक्लाजुङ गाउँपालिका वडा नं. २ का भविन राई, सन्त खालिङ र महेन्द्र राईको करिब अन्दाजी ५० रोपनी भन्दा बढी अमलिसो बारी पुर्ण रुपमा बगाएर क्षती पुर्याएको मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गौरी प्रसाद राईले बताए । राईले भने बर्षाका कारण बाटो समेत अवरुद्ध भएकाले उक्त स्थानमा पुग्न कठिन छ । पहिरो गएको सुचना आयो सामाजिक सुरक्षा भक्ता वितरणका लागि बैंक खाता खोल्ने काम भइरहेकाले तत्काल जान नसकिएको राईले बताए ।

चाड बाड नजिकीदै जाँदा गएको पहिराले स्थानीयहरुलाई आवागामनमा भने समस्या उत्पन्न भएको छ । पहिरो निरन्तर बगिरहे नजिकै रहेको रानीपोखरी आधारभुत विद्यालयलाई समेत पहिरोले असार पार्ने अवस्था रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद अचार्यले बताए ।

बसौं पछीको अथक र लामो प्रयास पाछी त्यस क्षेत्रका उपभोक्ताहरुले विधुत सेवा उपभोग गर्न पाएका तर पहिरोलो विधुत लाइन नै बगाए पछी थप समस्या भएको स्थानीय महेन्द्र राईले बताए । राईले भने लामो समयको प्रतिक्षा पछि विधुत सेवा उपभोगगर्न पाएका थियो तर यस बर्षको दशैमा पनी पहिरोले बिधुत लाइन बगाए पछी दशै अध्यारै हुने दुखेसो पोखे । उक्त स्थानमा एक महिना पहिले बाट मात्र बिधुत सेवा सुचारु भएको थियो ।

पहिरोले चुलीपोखरी तर्फ ल्याइइको पाइपलाइन पुर्ण रुपमा क्षती पु¥याएकोे छ । सात वटा बिजुलीको पोल समेत पहिरोले बगाएर लगेकोछ । तत्काल बर्षा नरोकीए थप समस्या उत्पन्न हुन सक्ने र मानब बस्ति र रानी पोखरी अधारभुत विद्यालयलाई समेत असर पार्न सक्ने खतरा रहेको वडा सदस्य नैन राईले बताए ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved