आज देशभर ठूलो पानी पर्ने , सावधानी अपनाउन सुझाव

  • प्रकाशित मितिः आश्विन ११, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं, आज शनिबार देशभर मौसम बदली भई ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जानकारी गराएका छन् ।

हिजो–अस्तीको भन्दा मनसुन थप सक्रिय भएकाले देशभरकै आकाशमा बादल लाग्ने र धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन् । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि लगातार पानी पर्ने सम्भावना भने नभएको उनले बताएकी छन् ।

पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने उनले बताएकी छन् । यस्तै बाढी र पहिरोको जोखिम रहेको भन्दै उनले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन कँडेलले सुझाव दिएकी छन् ।

बर्षाका कारण सडक क्षेत्रमा पहिरो समेत जान सक्ने भएकाले दशैंका लागि घर जाने–आउनेहरुलाई सावधानी अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् । मनसुनको सक्रियता हेर्दा यस वर्ष दशैंमा झरी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

साविकअनुसार यस वर्षको मनसुनको समय अवधि तीन दिनअघि नै सकिएको छ । तर, मनसुन सक्रिय गराउने न्यून चापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद्ले बताएका छन् ।

सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ । तर, विगत केही वर्षदेखि मनसुनी गतिविधिमा फेरबदल आइरहेको छ । नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो शुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ ।नया पेजबाट

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved