बेलबारी गोल्डकपको फाइनल अशोज १४ हुने

  • प्रकाशित मितिः आश्विन ११, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी ।पछिलो समय मनसुन सक्रिय बनेसंगै बेलबारी गोल्डकप फुटबल को फाइनल खेल अन्योल बनेको छ ।

आयोजकले शुक्रबार नै फाइनल खेलको तयारी गरेपनि निरन्तर बर्षाका कारण खेलमैदानमा पानी जमेका कारण शनिबार गर्ने गरी खेल स्थगित गरीएको थियो । अब फाइनल खेल असोज १४ गते मंगलबार दिउँसो ३ः३० बजे हुने आयोजकले जनाएको छ ।

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रित गोल्डकपको शनिबार तोकिएको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । २ दिनदेखिको निरन्तर वर्षाका कारण शुक्रबार तोकिएको फाइनल खेलसमेत स्थगित भएको थियो । शनिबार बिहानैदेखिको वर्षाका कारण खेल मैदानमा पानी जमेको छ ।

खेलमैदानको धेरै भागमा पानी जमेका कारण खेल स्थगित गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिए ।

उपाधिका लागि धरान फुटबल क्लब र रोयल क्लब वेष्ट बंगाल भिड्ने छन् ।प्रतियोगितामा विजयी टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउनेछ । गतवर्ष बिजेताले २ लाख २२ हजार र उपविजेताले १ लाख ११ हजार प्राप्त गरेको थियो । सोही पुरस्कार राशि यसपटक दोब्बर बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved