कक्षा ११ को परीक्षामा सुकुनाको सर्बोत्कृष्ट नतिजा

  • प्रकाशित मितिः आश्विन ११, २०७६
  • उज्यालो प्रदेश
alt

सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तरको अभाव खट्कीरहेको बेला मोरंको सुन्दर हरैचा स्थित एक सामुदायिक विद्यालयले नेपालकै उत्कृष्ट नतिजा निकाले छ ।

सुन्दरहरैचा ।सुन्दरहरैचा १० स्थित सुकुना माध्यमिक विद्यालयले हालै प्रकाशित कक्षा ११ को विज्ञान तथा सिभिल इन्जिनियरिङ तर्फ दुई विद्यार्थीहरुले नेपाल प्रथम हुदै नेपालकै उत्कृष्ट नतिजा ल्याएको विद्यालयले दावी गरेको छ ।

sukuna (2)

यसरी सुकुना माध्यमीक विद्यालयले कक्षा ११ को परिक्षामा सामेल १२९ जना विद्याथीहरु मध्ये १५ जनाले ३.६ भन्दा माथि, ३२ जनाले ३.२ भन्दा माथि, ५८ जनाले २.८ भन्दा माथि,२२ जनाले २.४ भन्दा माथि जिपिए ल्याएको प्र.अ लक्ष्मी कुमार श्रेष्ठले बताउनु भयो ।

राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा सुकुना माध्यमिक विद्यालयले विज्ञान तर्फ सन्देश गिरीले ३.९३ जिपिए ,विशाल विमलीले ३.९३ र विधन विमलीले ३.९० सहित देशभरकै सर्वोत्कृष्ट नतिजा ल्याएको दाबि गरेको छ ।

sukuna

विद्यालयका सिभिल इन्जिनियरिङका विभाग प्रमुख इन्जिनियर सरोज भट्टराईले यो देशकै उत्कृष्ट नतिजा रहेको आफुहरुको दाबी रहेको तर राष्ट्यि परिक्षा बोर्डबाट पुष्टिहुन बाँकि रहेको बताएका छन् ।
सुकुना माध्यमिक विद्यालयले शिक्षा दिवसको अवसरमा २०७६को कक्षा १२को नतिजा तर्फपनि देशभरकै दोश्रो उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा राष्ट्रिय ध्वजा, शिल्ड, नगद तथा कदरपत्रबाट सम्मानित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved