बेलबारी गोल्डकपको फाइनलमा भारत र धरान भिड्ने

  • प्रकाशित मितिः आश्विन ९, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी । मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लब भिड्ने भएका छन् ।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्नदोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै भारतले उपाधिभिडन्तका लागि धरानसँगको भेट पक्का गरेको हो । नेपाली खेलाडीले भरिएको भारतीय टिमको सजत जितमा निशान्त लिम्बूले दुई र सञ्जय सुब्बाले एक गोल गरे । अत्यन्तै कमजोर प्रदर्शन गरेको एपीएफलाई रोक्ने क्रममा भारतले तीनवटै गोल मध्यान्तरपछि गरेको हो ।

मध्यान्तर अघिसम्म रोके पनि एपीएफले लय गुमाउँदा मध्यान्तरपछि भारत हावी बन्यो । भारत यस अघि अर्को विभागीय टोली नेपाल पुलिस क्बललाई पराजित गरेर सेमिफाइनल पुगेको थियो । सेमिफाइनल यात्रा तय गर्ने क्रममा एपीएफले झापा–११ लाई क्वार्टरफाइनलमा पराजित गरेको हो । सेमिफाइनलमा भने खेलाडीबीच तालमेल मिलाउन नसकेको उसको प्रदर्शन खेल अवधि भरनै कमजोर रहयो । राजन गुरुङले चित्तबुझ्दो प्रदर्शन गरे पनि राष्ट्रिय टिमका राजेन्द्र रावल जम्न नसक्नु एपीएफका दुर्भाग्यपूर्ण बन्यो ।

भारतका निशान्त लिम्बू, सुरज रसाईली, श्याम सरकार, कप्तान आदर्शन तामाङको प्रदर्शन उत्कृष्ट रहयो । एपीएफमाथि सनसनीपूर्ण जित निकाल्ने क्रममा ५१ औं मिनेटमा निशान्त लिम्बूले गोलको खाता खोलेर भारतलाई अगाडि बढाउँदा एपीएफ दबाबमा प¥यो । कैलाश बस्नेतको पासमा निशान्तले प्रहार गरेको ग्रास बलले पोस्टको बाटो तय गर्दा गोलरक्षक राजु नगरकोटीले कुनै मौका पाएनन् ।

६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै निशान्तले अग्रता दोब्बर बनाएपछि एपीएफ थप तनावमा प¥यो । डी–बक्स भन्दा बाहिरबाट उनले गरेको सशक्त प्रहारले पोस्टको दिशा लिएको हो ।एपीएफमाथि रवाफ देखाएको भारतका लागि ७६ औं मिनेटमा तेस्रो गोल सम्भव भयो । सुरज रसाईलीको पासमा सञ्जय सुब्बाले बललाई जाली चुमाउँदै एपीएफमाथि फराकिलो अन्तरको जित दिलाए ।

खेललाई नियन्त्रणमा लिएको भारतले २१ औं मिनेटमा गोल गर्ने अवसर गुमायो । श्याम सरकारको प्रहारमा गोलरक्षक राजु नगरकोटी बाधक बन्दा भारतले सुरुवाती अग्रता बनाउन सकेन । ३५ औं मिनेटमा सुजन रसाईलीको प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि उसले मध्यान्तर अघि गोल गर्न सकेन ।

१७ औं मिनेटमा सन्तोश श्रेष्ठको पासमा महेश लामा चुक्दा एपीएफको भारतलाई दबाबमा राख्ने अवसर खेर गयो । ५५ औं मिनेटमा रुद्रबहादुर लामाको उत्कृष्ट फ्रिकिक प्रहारलाई रोक्दै भारतका गोलरक्षक किशोर गिरीले एपीएफलाई खेलमा फर्कन दिएनन् । ६५ औं मिनेटमा सन्तोश श्रेष्ठ अघि बढे पनि रेफ्री श्याम दनुवारले अफसाइडको संकेत गरेपछि एपीएफका लागि वानभर्सेस वानको अवसर गुम्यो ।

७७ औ मिनेटमा युवराज खड्काको सशक्त प्रहार रोक्दै गोलरक्षक गिरीले आफ्नो टिम विरुद्ध गोल हुन नदिंदा एपीएफले सान्त्वना गोल पनि फर्काउन सकेन । खेलको म्यान अफ दी म्याच भारतका निशान्त लिम्बूले पाँच हजार नगद पुरस्कार पाए । प्रतियोगिताको फाइनल खेलमा आगामी शनिबार हुनेछ । आयोजकका समितिका संयोजक एवं डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईकाअनुसार फाइनल शुक्रबार हुने घोषणा गरिए पनि प्राविधिक कारण शनिबारका लागि सार्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved