फेसबुकद्वारा दसौं हजार एप निलम्बन

  • प्रकाशित मितिः आश्विन ९, २०७६
  • उज्यालो प्रदेश
alt

एजेन्सी । क्याम्ब्रिज एनालिटिका डाटा चोरी काण्डपश्चात् सुरु गरिएको अनुसन्धानका क्रममा फेसबुकले दसौं हजार एपहरु निलम्बित गरेको छ ।

ती एपहरु झण्डै ४ सय एप डेभलपर्ससँग सम्बन्धित रहेको फेसबुकले जनाएको छ । यद्यपि, निलम्बित सबै एपहरुले प्रयोगकर्ताका लागि जोखिमको सिर्जना भने नगरेको समेत फेसबुकले जनाएको छ ।

अनुमतिविनै धेरै प्रयोगकर्ताका डाटाहरुमा राजनीतिक परामर्शसम्बन्धी कम्पनी क्याम्ब्रिज एनालिटिकाले अनधिकृत पहुँच प्राप्त गरेको खुलासा भएसँगै सन् २०१८ मा फेसबुक ठूलो दबावमा परेको थियो ।

प्रयोगकर्ताका ती डाटाहरु राजनीतिक विज्ञापनका लागि प्रयोग गरिएको थियो । उपभोक्ताको गोपनीयता उल्लंघन गरेको आरोपमा गत जुलाईमा फेसबुकमाथि अमेरिकी संघीय वाणिज्य आयोगले ५ अर्ब अमेरिकी डलर जरिवानाको फैसला गरेको थियो । गोपनीयता उल्लंघनमा यो अहिलेसम्मकै उच्च जरिवाना हो ।

दशौँ लाख फेसबुक प्रयोगकर्ताका डाटाहरु अनधिकृत रुपमा दुरुपयोग भएको क्याम्ब्रिज एनालिटिका काण्डले फेसबुकलाई ठूलो धक्का पूराउनुका साथै धेरै मुद्दाको सामना पनि गर्नुपरेको छ ।

आफ्नो छवि सुधार्न तथा प्रयोगकर्ताको गोपनीयता तथा डाटाको सुरक्षाका लागि फेसबुकले पछिल्लो समयमा सुरक्षाका उपायहरुमा कडाइ गरिरहेको छ ।

गत मार्चमा फेसबुकले आफ्नो एपमा विद्यमान एपहरुमाथि अनुसन्धान सुरु गरेको थियो । त्यसक्रममा फेसबुकबाट प्रयोगकर्ताका डाटा प्राप्त गरी अनधिकृत रूपमा शेयर गर्ने एपहरुमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
निलम्बन गरिएका कैयन् एपहरु तत्काल प्रतिबन्धमा परेको नभई सुरक्षासँग सम्बन्धित जवाफहरु नदिउन्जेल सम्मका लागि निलम्बन गरिएको बताइएको छ । निलम्बित कतिपय एपहरुले फेसबुकबाट प्राप्त प्रयोगकर्ताका डाटाहरु अनुसन्धानकर्ता तथा कम्पनीहरुलाई समेत प्रदान गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved