डकैती गर्दागर्दै जनकपुरमा समातिए ४ डाँका

  • प्रकाशित मितिः आश्विन ९, २०७६
  • उज्यालो प्रदेश
alt

जनकपुर । जनकपुरधाममा डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् । आज बिहीबार बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै चार डाँकु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत बिहारको सीतामढ़ी ईस्लामपुर बस्ने मोहम्मद ईलियस, भारत बैरगिनियाका मुजिर अन्सारी, रौतहट वृन्दावन नगरपालिका रमौली बस्ने गगन पटेल र रौतहट गौरका विनोद प्रसाद सिंह रहेका छन् ।

गस्तीमा रहेको प्रहरी टोलीले डाँकुहरुले फर्निसिङ पसल ताला फोडिरहेको अवस्थामा भेट्टाएको थियो।

त्यसपछि प्रहरीले सुरुमा हवाई फायर गरेर एक जना डाँकुलाई पक्राउ गर्‍यो।

तर डकैती गर्न आएका अन्य तीन जनाले उल्टै प्रहरीलाई कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले जवाफमा तीन राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन् ।

एसपी खनालले जनाए अनुसार प्रहरीले चलाएको गोली लागि एकजना डाँकु घाइते समेत भएका छन् ।

घाइते हुनेमा रौतहट गौरका विनोद प्रसाद सिंह छन् । उनको दुबै खुट्टामा गोली लागेको छ । सिंहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको एसपी खनालले बताए ।

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved