बेलबारीमा जारी गोल्डकपमा धरान फाइनलमा

  • प्रकाशित मितिः आश्विन ८, २०७६
  • उज्यालो प्रदेश
alt

मोरङ । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा धरान फुटबल क्लब प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै धरान उपाधि होडमा पुगेको हो । धरानले विभागीय टोली एपीएफ र रोयल क्लब भारतबीचको विजेतासँग आगामी शुक्रबार उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नु पर्ने छ ।

धरानको जितमा वर्तमान राई र कर्ण लिम्बूले एक÷एक गोल गरे । एकेडेमीकासुशान्त तामाङले एक गोल फर्काए । धरानको तुलनामा उत्कृष्ट प्रदर्शन गरे पनि स्कोर निकाल्न नसक्दा एकेडेमीको फाइनल यात्रामा पूर्ण विराम लाग्यो ।

धरानले गोल गर्नका लागि खासै अवसर सिर्जना गर्न नसके पनि पाएका अवसरलाई सदुपयोग गर्दै एकेडेमीलाई रोकेर अघि बढ्यो । एकेडेमीले भने गोल गर्नका लागि पाएका धेरै अवसर गुमायो । फिनिसिङ फितलो हुनु उसका लागि दुर्भाग्यपूर्ण बन्यो ।

कृष्ण लामाको ठाउँमा ५४ औं मिनेटमा मैदान छिरेका यू–१८ राष्ट्रिय टोलीका कप्तान जय तामाङले उत्कृष्ट प्रदर्शन गरे पनि एकेडेमीले परिणाम आफ्नो पक्षमा पार्न सकेन । ५६ औं मिनेटमा राजु पहारीका ठाउँमा छिरेका नवीन लामा गुरुङको प्रदर्शन पनि सम्झन लायक रहयो ।

वर्तमान राईले पहिलो बार च्याप्दै ५ औं मिनेटमा गरेको प्रहारले पोस्टको दिशा लिंदा धरानले गोलको खाता खोेलेको हो । गोलरक्षक रोहित कार्कीले पञ्ज गरेर बचाउने क्रममा राईले प्रहार गरेको बलले पोलमा लागेर जाली चुम्दा एकेडेमी दबाबमा प¥यो । ८० औं मिनेटमा कर्ण लिम्बूको गोलमार्फत धरानले अग्रता दोब्बर बनायो । पहिलो गोलकर्ता वर्तमानका ठाउँमा ५७ औं मिनेटमा मैदान छिरेका उमेश राईले दिएको क्रस पासलाई लिम्बूले पोस्टको बाटो दिएपछि धरानको जित पक्का भयो ।

सुशान्त तामाङले ८७ औैं मिनेटमा गोल फर्काए पनि एकेडेमीलाई जितका लागि पर्याप्त हुन सकेन । जीवन धामीको क्रस पासमा तामाङले बललाई वान टच जाली चुमाएका हुन् । ७० औं मिनेटमा कर्ण लिम्बूको सशक्त प्रहारलाई उत्कृष्ट ढंगबाट रोकेर गोलरक्षक रोहित कार्कीले एकेडेमीमाथि अरु गोल हुनबाट बचाए ।

११ औं मिनेटमा सुशान्त तामाङ वान भर्सेस वानमा चुक्दा एकेडेमीले सुरुवातमै खेलमा फर्कने अवसर गुमायो । ४३ औं मिनेटमा जीवन धामीको पासमा राजीव पहारीको प्रहारले पोस्टको बाटो नदेख्दा पहिलो हाफमा खेल बराबरी हुन सकेन । ७३ औं मिनेटमा एकेडेमीका जय गुरुङको प्रहारलाई बचाउँदै गोलरक्षक लक्की कार्कीले धरान विरुद्ध गोलको संकट टारेका थिए ।

८९ मिनेटमा भुषण सुब्बाको प्रहारलाई पनि गोल रक्षक कार्कीेले बचाउँदै आफ्नो टिमको जित निश्चित गराएर एकेडेमीको फाइनल यात्रालाई रोकिदिए । खेलको म्यान अफ दी म्याच रोशन भुजेल भए । उनले पाँच हजार नगद पाए । दोस्रो सेमिफाइनल खेलमा एपीएफ र भारतबीच बिहीबार प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved