बेलबारी गोल्डकपमा पुलिस क्लव स्तब्ध

  • प्रकाशित मितिः आश्विन ७, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी , मोरङ । रोयल फुटबल क्लब सिलिगुडी भारत तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
बेलबारी–११ लक्ष्मीमार्गस्थित मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा स्तब्ध बनाउँदै पाहुना टोलीभारत विजयी बनेको हो । विजयी सुरुवात गर्दै उसले आगामी बिहीबार हुने सेमिफाइनल खेलमा विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको छ । निर्धारित समय २–२ गोलको बारीबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकर पुलिसका लागि अफापसिद्ध बन्यो ।
भारतको जितमा गोल रक्षक किशोर गिरीको भूमिका महत्वपूर्ण रहयो । टाईब्रेकरमा भारतका निरज बस्नेत, पोल्साङ लामा, क्लास बस्नेत र सोनाम भुटिएको प्रहारले जाली चुमेको थियो । पुलिसका सुमन लामा र भरत साहको प्रहार मात्रै गोलमा परिणत भयो । निरकुमार राईको प्रहार रोकेर भारतका गोलरक्षक तथा खेलको म्यान अफ दी म्याच किशोर गिरीले उत्कृष्ट प्रदर्शन गरे । बुद्ध वलको प्रहार पोलमा लागेर फर्किएपछि पुलिसको सेमिफाइनल यात्रामा पूर्णविराम लाग्यो ।
समान खेलको सुरुवातमै गोलको खाता खोलेर अग्रता बनाए पनि भारतले विजय हाँसिल गर्न भने टाईब्रेकरसम्म पर्खनु प¥यो । भारतका प्रतिक लामाको कर्नर प्रहारलाई हेड गर्दै अमीर लामाले तेस्रो मिनेटमै बललाई जाली चुमाउँदा पुलिस दबाबमा परेको थियो । त्यसपछि आक्रमक बनेको पुलिसले भारतको सुरुवाती अग्रता चार मिनेट पनि टिक्न दिन । शौजन याक्खाले सातौं मिनेटमा गोल फर्काउँदै पुलिसलाई खेलमा फर्काए ।
मध्य भागबाट हेमन्त श्रेष्ठले दिएको पासमा विपक्षी गोल रक्षक गिरी अगाडि बढेको मौका छोप्दै याक्खाले भली गरेर बललाई पोस्टको दिशा दिएपछि खेल बराबरीमा आएको हो । पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।
भारतका दीपु वर्मनले ८१ औं मिनेटमा अर्को गोल गरेर खेललाई २–१ को अवस्थामा पु¥याए । निरज बस्नेतको पासमा पुलिसका गोलरक्षक सन्जित श्रेष्ठलाई विट गर्दै वर्मनले बललाई वान टच जाली चुमाएका थिए । निर्धारित समय सकिन ९ मिनेट समय मात्रै बाँकी रहेको अवस्थामा पनि भारत सम्हालिन नसक्दा खेल टाईब्रेकरमा धकेलिएको हो । अन्तिम समयमा पुलिसका सुमन लामाले गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा पु¥याएका थिए । भारतका प्रतिक लामाले फल खेलेपछि करिव २५ यार्ड टाढाबाट पाएको फ्रिकिक प्रहारलाई सुमनले सदुपयोग गर्दै बललाई पोस्टको बाटो दिएपछि खेलको छिनोफानो निर्धारित समयमा हुन सकेन ।
दुवै टिमले गोल गर्नका लागि पाएका आधा दर्जन राम्रा अवसरको सदुपयोग गर्न सकेनन् । भारतको तुलनामा अवसर धेरै सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा र फिनिसिङ फितलो हुँदा पुलिस नतिजा विमुख बनेर फर्किएको हो । पुलिसका निरकुमार राई, सुमन लामा, भरत साह र वुद्ध वल वान भर्सेस वानको अवस्थामा गोल गर्न चुक्नु पुलिसका लागि दुर्भाग्यपूर्ण बन्यो । भारतका पनि आदर्श तामाङ, निशान्त लिम्बू र श्याम सरकारको प्रहारले पोस्टको बाटो नदेख्दा खेलको नतिजा निर्धारित समयमा निस्कन सकेन ।
खेलको म्यान अफ दी म्याच भारतका गोलरक्षक किशोर गिरी घोषित भए । उनले पाँच हजार नगद पुरस्कार पाए । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा धरान फुटबल क्लब सुनसरी र मदन भण्डारी स्र्पोट्स एकेडेमीबीच प्रतिस्पर्धा हुने छ ।

 

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved