सुन्दरहरैंचा न.पाको नयाँ केन्द्र सलकपुरलाई तोक्न संघीय सरकारलाई प्रदेशको सिफारिस

  • प्रकाशित मितिः भदौ ३०, २०७६
  • उज्यालो प्रदेश
alt


बिराटनगर । विराटनगरस्थित प्रदेश एकको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न मन्त्री परिषद् बैठकले सुन्दरहरैंचा नगरपालिकाको नयाँ केन्द्रका रुपमा सलकपुरलाई तोक्न संघीय सरकारलाई सिफारिस गरेको छ।

मन्त्रीपरिषदका निर्णयबारे जानकारी गराउँदै प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले केन्द्र परिवर्तनका लागि स्थानीय तहको निर्णयलाई संघीय सरकारसम्म सिफारिस गरिएको स्पस्ट पारे।

उनले भने, यसविषयमा स्थानीय तह सुन्दरहरैंचा नगरपालिकाले प्रक्रिया पुराएर केन्द्र परिर्वतनको प्रस्ताव गरेको छ। सोही प्रस्तावलाई प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको हो। जसमा हालको केन्द्र विराटचौकबाट सलकपुर सारिनुपर्ने माग सुन्दरहरैंचाबाट आएको हुनाले सोही अनुरुप प्रक्रिया अघि बढेको छ।

त्यसैगरी अर्कोतर्फ सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगरपालिकाको पहिलो परिषद् सभाबाटै केन्द्र सार्ने प्रस्ताव अघि बढाउदै आएको बताए। उनले भने, पहिलो, दोश्रो हुदैं सबै प्रक्रिया पुरा गर्दै यस विषयले अन्नतः पूर्णता पाएको छ।

नगरवासीको चाहाना र काम कार्वाहीको सहजताका लागि सलकपुरलाई केन्द्र बनाइएको स्पस्ट पारे। नगरपालिका प्रमुख ढकालले यस विषयमा सुरुआतबाटै अग्रसरता लिदै आएको बताएका नगरप्रमुख ढकालले हालको कार्यालयमा क्षेत्रफल पनि कम रहेको हुनाले सलकपुरमा नगरपालिकाले ४ विगाह ८ कठ्ठा जमिन सरकारसंग माग गरेको बताए।

नगरपालिकाका अनुसार सलकपुरमा हाल १२ विगाह क्षेत्रफल ऐलानी देखिएको छ। यसक्रममा प्रदेश सरकारको मन्त्रीपरिषद्ले केन्द्रको परिवर्तनका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णयको प्रावधान रहेको छ। त्यसपछि संघीय सरकारले आवश्यक्ता अनुरुप केन्द्र परिवर्तन गर्न सक्ने प्रावधान रहेको छ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार केन्द्र परिवर्तनका लागि अन्य जिल्लाबाट समेत सिफारिसका लागि प्रस्ताव आएको छ। जसमा सोलुखम्बुस्थित खुम्बु पासांग ल्याम्हु गाँउपालिका केन्द्र परिवर्तन भएको र ताप्लेजुंगबाट केन्द्र परिवर्तनको सिफारिस रित नपुगेर अड्किएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved