भरौलमा स्वर्णिम साहित्य समाजको साहित्यिक हाट

  • प्रकाशित मितिः भदौ २९, २०७६
  • उज्यालो प्रदेश
alt

सुनसरी । सुनसरीको बराहक्षेत्र ५,भरौलमा स्थापित स्वर्णिम साहित्य समाजले एकदिने भव्य साहित्यिक हाट लगाएको छ।

साहित्यिक हाटमा मदन पुरस्कार विजेता चर्चित आख्यानकार तथा कवि राजन मुकारुमको कविता कृति हाट जाने अघिल्लो रात माथिको अन्तरसम्बाद, प्रतिनिधि रचना वाचन र समसामयिक साहित्यमा मन्तव्य राखिएको थियो

मुकारुमको कविता कृति हाट जाने अघिल्लो रात माथिको अन्तरसंबादको सहजकर्ता पत्रकार तथा साहित्यकार विराट अनुपम,वक्ताहरु डाक्टर रामजी तिम्सिना ,डाक्टर इन्दिरा मिश्र र कवि राजन मुकारुम रहेका थिए।

त्यसै गरि प्रतिनिधि रचना वाचनमा भोजपुरबाट अरुण आकाश ,उदयपुरबाट ,रुपा चाम्लिङ ,जीवन आरोही,मोरङबाट युवराज ठकुरी अज्ञानी,झापाबाट विराट किराँती,धनकुटाबाट केजी सुब्बा,सुनसरीबाट रोमु अधिकारी,मणि राई गोठाले, तारा दिप्साली,जीवी गजल,हेमन यात्री उभिएका थिए।

स्वर्णिम साहित्य समाजका अध्यक्ष श्री प्रकाश दिप्सालीको सभापतित्वमा सम्पन्न उक्त हाटमय साहित्यिक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम ढुंगाना ,वडाध्यक्ष साहित्यकारहरु तीर्थसंगम राई,डाक्टर भीम खतिवडा,रेखा सुवेदी बादलदेबी चाम्लिङ ,नवीन थापा क्षेत्री,रमेश खतिवडा ,नवराज मैनाली लगायतको उपस्थिति रहेको थियो।

तीन चरणमा संचालित कार्यक्रमको पहिलो सेसन लक्षुमण कट्वाल दोस्रो सेसन विराट अनुपम र तेस्रो सेसन ज्ञानु राईले संचालन गरेका थिए।सिदार्थ इङ्लिस बोर्डिङ स्कुलको सभाहलमा लागेको साहित्यिक हाटमा हाटजाने अघिल्लो रात कविता कृति बिक्री गरिएको थियो ।युवराज ठकुरीबाट

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved