केराबारीको भोगटेनीमा प्रदेशकै नमुना मगर संग्राहलय बन्दै

  • प्रकाशित मितिः भदौ २९, २०७६
  • भक्तशेर लिम्बू
alt

बेलबारी,मोरङ । मगर समुदायको वाहुल्यता रहेको मोरङको केराबारी गाउँपालिका वडा नं. ३ स्थित भोगटेनीमा करिब डेड करोडको लागतमा मगर संग्राहलय निर्माण हुन लागेको छ ।
केराबारी बजार देखि करिब ७ किलोमीटर उत्तर रमणीय पहाडीभेगमा रहेको भोगटेनीमा प्रदेश सरकारको लगानीमा संग्राहलय बन्न लागेको हो । मगर समुदायको धर्म सँस्कृति र ईतिहाँसको संरक्षण र सम्वद्र्धन गर्दै प्रदेशकै साँस्कृतिक धरोहरका निम्ति संग्राहलय बन्न लागेको हो ।


यो संग्राहलय प्रदेशकै नमुना बन्ने मगर साँस्कृतिक संग्राहलयका निर्माण समितिका अध्यक्ष महेन्द्र मगर बताउँछन् । संग्राहलय निर्माणका लागि वृहत परियोजना प्रतिवेदन ईटहरीका विक्रमश्रीले निर्माण गरिसकेका छन् । प्रदेश सांसद उपेन्द्र घिमिरे मार्फत सांसद विकास कोषबाट १ करोड २५ लाख बजेट विनियोजन गरिसकेको केराबारी गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्बुले बताईन् । ठेक्का प्रक्रिया सके लगत्तै निर्माण कार्य शुरु हुने अध्यक्ष मगरले बताए ।

69762759_2561648403874138_7035724251294334976_n संग्राहलय निर्माणका लागि केराबारी गाउँपालिकाले पनि चासो देखाएको छ । गाउँपालिका अध्यक्ष रोहित कार्की, उपाध्यक्ष शान्तिकुमारी लिम्बु,प्रदेश सांसद उपेन्द्र घिमिरे सहित प्राविधिक टोलीले निर्माण हुने संग्रालयको स्थलको अवलोकन गरिसकेका छन् । संग्राहलय निर्माणको लागि केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने गाउँपालिकाका अध्यक्ष रोहित कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बुले वचन दिईसकेका छन् ।
संग्रालयमा सभाकक्ष, मगर साथसाथै आदिवासी जनजातिहरुका धर्म साँस्कृतिक र ऐतिहाँसिक महत्त्वका सामाग्रीहरु राखिने भएको छ । साथसाथै संग्राहलय भएको स्थल उच्च भागमा रहेको हुँदा दृष्य अवलोकनका लागि अवलोकन यन्त्र राखिने योजना रहेको छ ।
भोगटेनीमा मगर समुदायको लामो समय देखि निरन्तर वसोवास रहँदै आएको छ ।
भौतिक पूर्वाधारका विकास संगसंगै त्यहाँका मानिसहरुले अदुवा अम्लिसो लगायत अन्य नगदेवालीहरु व्यवसायिक रुपमा लगाउँदै आएका छन् । जेफाले हुँदै धनकुटाको साम्मेवा जाने बाटो रहेको भोगटेनीमा पहिलो पटक मोटर पुगेपछि स्थानीयले भव्य स्वागत पनि गरेका थिए ।
प्रत्येक मागे सँक्रान्तिमा मगर संघ केराबारीले माघी पर्व मनाउँदै आएको थियो । अघिल्लो वर्षको मगर समुदायको मागी पर्व भोगटेनीमा मनाईएको थियो । सोही क्रममा त्यसक्षेत्रमा साँस्कृतिक भवनको सोंच भएको मगर संघका प्रदेशका प्रतिनिधि पूर्णप्रकास पूर्वछाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved