गहना लुट्न वृद्धाको हत्या, ४ जना पक्राउ

  • प्रकाशित मितिः भदौ २६, २०७६
  • उज्यालो प्रदेश
alt

चितवन । नवलपुरको गैंडाकोटमा एक वृद्धाको हत्या भएको छ । गैंडाकोट नगरपालिका–१५ स्थित मनकामना टोल निवासी ६५ वर्षीया वृद्धा भुमादेवी खत्रीको लुटेरा समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रहरीका अनुसार लुटेराहरुले गरगहना लुट्ने क्रममा खत्रीको हत्या गरेका हुन् । खाना खाएर भाँडा माझ्दै गरेकी भूमालाई पछाडिबाट आएर हत्या गरी गरगहना लुटेको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी उनी भान्सा कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । खत्रीको टाउको, कान र अनुहारमा चोट लागेको छ । उनको आँखा फुटेको छ । वृद्धा भूमादेवीका तीन छोरा जापान र एक छोरा अष्ट्रेलियामा छन् । उनका चार छोरी छन् ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ खिचापोखरी घर भइ हाल गैंडाकोट–१५ बस्ने ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मिना खड्का, तनहुँ जिल्ला रिसिङ घर भइ सोही ठाउँ बस्ने ४५ वर्षका बसन्तकुमार बराल र उनकी श्रीमती ३८ वर्षीया कमला बराल रहेका छन् । उनीहरुबारे अनुसन्धान अघि बढाइएको गैंडाकोट प्रहरीले जनाएको छ । उनीहरुको साथबाट केही गरगहनासमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved