बेलबारीमा चुम्लुङको ऐतिहाँसिक नगर अधिवेशन

  • प्रकाशित मितिः भदौ २१, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी,मोरङ । किराँत याक्थुङ चुम्लुङ बेलबारी नगरको प्रथम ऐतिहाँसिक नगर अधिवेशन शनिवार सम्पन्न भएको छ ।
किराँत याक्थुङ चुम्लुङ बेलबारी, डाँगीहाट र बाहुनीको एकताको अधिवेशन भएर यसलाई ऐतिहाँसिक अधिवेशनको रुप लिएको हो । अधिवेशनको उद्घाटन चुम्लुङका प्रदेश अध्यक्ष ध्रुव सुब्बाले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै सुब्बाले चुम्लुङले लिम्वु समुदायको उत्थानको निम्ति पु¥याएको योगदानको चर्चा गरेका थिए । अधिवेशन अधि आफ्नो मौलिक भेषभुषामा सहभागि भएका लिम्वुहरुले बेलबारी नगर परिक्रमा गरेका थिए ।

20190907_141158
चुम्लुङले कार्यक्रमको अवशर पारेर विभिन्न समयमा चुम्लुङलाई योगदान पु¥याउने तीनजनालाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा चन्द्रमाया चेम्जोङ, मनकुमारी लिम्वू,धनबहादुर पन्धाकलाई सम्मान गरिएको थियो । त्यसैगरी बेलबारी आईडलका सेकेण्ड रनरअप अलिना लिम्बूलाई पुरस्कृत र चुम्लुङा आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।

20190907_142718
कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रिय उपाध्यक्ष तिलकप्रसाद राई आफ्नो भाषा,सँस्कृति जोगाउन सबै जाति समुदाय लागि पर्नुपर्ने बताए । तामाङ घेदुङ प्रदेश प्रतिनिधि सन्देश तामाङ, धिमाल जाति विकास केन्द्रका शिवराज धिमाल लगायत विभिन्न जातिय संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अमरसिंह लिम्बूको सभापतित्वमा भएको थियो ।

20190907_134030

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved