प्रतिएमबी ३ पैसामै टेलिकमको इन्टरनेट अफर

  • प्रकाशित मितिः भदौ ११, २०७६
  • उज्यालो प्रदेश
alt

काठमाडौं ।नेपाल टेलिकमले प्रतिएमबी ३ पैसामै इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ।कम्पनीले दैनिक रूपमा प्रयोग गर्न सकिने गरी ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो।

सुविधा लिनका लागि वान डी वान जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्ने कम्पनीले बताएको छ।सुविधाअन्तर्गत २४ घन्टासम्म प्रयोग गर्न सकिने गरी ४५ रुपैयाँ करसहित १ जिबी डाटा चलाउन सकिनेछ।

यस छुट योजनामा प्रतिएमबी करसहित ४.५ पैसा लाग्छ। यसैगरी कम्पनीले ग्राहकहरूको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जिबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ।

सेभेन डी सेभेन जी लेखेर १४१५ मा सन्देश पठाएपछि ७ दिनसम्म प्रतिदिन १ जिबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रतिएमबी करसहित ३.५ पैसा मात्र लाग्छ। नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जिबीको सुविधा लिन सकिन्छ।

यस प्याकेजमा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जिबी डाटा चलाउन पाइन्छ। यो सुविधा प्रयोग गर्नका निम्ति २८ डी २८ जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्छ।यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ। यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रतिएमबी करसहित ३ पैसा मात्र पर्छ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved