वनद्वारा चाैध विद्यार्थी पुरस्कृत 

  • प्रकाशित मितिः भदौ ३, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी । मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहले एसईईमा उत्कृष्ट नतिजा ल्याएका १४ विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ ।
समूहले मोरङको सुन्दरहैँचाको गछियामा सोमबार एक कार्यक्रमको आयोजना गरेर उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई पुरस्कृत गरेको हो । 
सुन्दरहरैँचा र बूढीगंगा गाउँपालिकामा रहेको सामुदायिक विद्यालयबाट उत्कृष्ट अंकसहित एसईई उत्तिर्ण भएका विद्यार्थीलाई नगद तीन हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ ।
विद्यार्थीलाई समूहकी कार्यवहाक संयोजक निरा पोखरेल र समूहका सदस्य सचिव विक्रम आमात्यले सम्मान पत्र र नगद प्रदान गरेका हुन् । कार्यक्रममा आमात्यले वैज्ञानिक वनको उपलब्धी र वैज्ञानिक वन व्यवस्थापनका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved