नेशनल लाइफको राष्ट्रिय अभिकर्ता भेला सम्पन्न १२ जनालाई युरोप भ्रमणको अवसर, ६ बालिकालाई छात्रवृति बितरण

  • प्रकाशित मितिः आश्विन ९, २०७५
  • उज्यालो प्रदेश
alt


किशन शाही ।मोरंग राष्ट्रिय वाणिज्य बैंकको लगानीमा संञ्चालित नेपालको पहिलो जीवन वीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय अभिकर्ता भेला चितवनको सौराहामा सम्पन्न भएको छ ।
      कम्पनिले हरेक वर्ष देशभरबाट चेयर पर्सन क्लवमा छनौट भएका सफल अभिकर्ताहरुलाई सम्मानका लागि आयोजित सो कार्यक्रममा देशभरबाट झण्डै ३सय अभिकर्ता सहभागि भएको कम्पनीले जनाएको छ । चितवनको सौराहा स्थित होटल प्याराडाइजमा भएको सो कार्यक्रममा देशभर वाट आ.व ०७४÷०७५मा उत्कृष्ट हुने अभिकर्ताहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी शाहले प्रमाणपत्र दोसल्ला सहित सम्मान गर्नुभएको थियो । कम्पनीले वार्षिक लक्ष्य पुरा गरी देशभरबाट छनौट भएका अभिकर्ताहरुलाई राष्टिय चाडको रुपमा हरेक वर्ष चेयरपर्सन सदस्य सम्मान कार्यक्रम गर्दै आएको छ ।
      कार्यक्रममा नेपालभरीबाट सर्वोत्कृष्ट व्यवसाय डाउनलाइनबाट ४करोड ९६लाख ५हजार ८५ प्रिमियम संकलन गरी प्रथम हुने नेपालगंज शाखाका शंकर लामिछाने,४करोड १ लाख७९हजार १ सय ९५ प्रिमियम संकलन गरी दोश्रो हुने गंगाकुमारी शर्मा,३करोड ४३लाख ४५हजार ३सय ४ रुपैया प्रिमियम संकलन गरी तृतिय हुने तुलसी थापालाई नगद चेक सहित सम्मान गरियो ।
त्यसैगरी, व्यक्तिगत तर्फ नेपाल गञ्ज शाखाका विजय कुमार पाठकले १करोड ४२ लाख, काठमाडौं तिनकुने शाखाका अर्जुन घिमिरेले १कारेडा २७ लाख३७हजार ३सय ६ र पाल्पाकि संगीता भट्टराईले १करोड १८ लाख ७हजार ४सय ५ प्रिमियम संकलन गरी क्रमश प्रथम दोश्रो र तेश्रो भएका थिए , उनीहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी शाह,महाप्रबन्धक भरत वस्नेत,सहायक महाप्रबन्धक सुरेश खत्रीले संयुतm रुपमा पुरस्कार तथा सम्मान गर्नुभएको थियो ।
     कम्पनीले गत वर्षदेखि उत्कृष्टहरुलाई विश्व भ्रमण गर्ने योजना अनुसार युरोप भ्रमण सुरु गरेको थियो । गत वर्ष ८ जनाले युरोप भ्रमणको अवसर पाई भ्रमण गरेको कम्पनीले जनाएको छ । यसवर्ष १२ जना युरोप भ्रमण ६९ जना  सिंगापुर दुवई र मलेशिया मध्य कुनै एक देशमा भ्रमण र १सय १८ जना थाइल्याण्ड भ्रमणमा छनौट भएको कम्पनीका एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले बताउँनुभयो ।
टुहुरा तथा सडक बालिकालाई छात्रवृति
यसैविच कम्पनीले यसैवर्षदेखि असाहय टुहुरा तथा सडक बालिकाहरुलाई पठनपाठनमा सहयोग पुर्याउन बालिका छात्रवृति योजना सार्वजनिक गर्दै विभिन्न प्रदेशका सातजनालाई छात्रवृति प्रदान गरेको छ । मासिक १५ सयका दरले प्रत्येक महिना रकम प्रदान गर्ने कम्पनीले ३ नम्बर प्रदेश अन्र्तगत हेटौडाकी समृद्धि मानव, चितवनकी रविना अर्याल प्रदेश बाट बाग्लुङकी विनिशा राना, प्रदेश ५ अन्र्तगत नेपालगंजकी पुनम थारु, र प्रदेश नम्बर ६ दैलेखकी सम्झना विकलाई छात्रवृति प्रदान गरिएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।   

 

 

 

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved