भानु जयन्तीमा प्रदेश १ सरकारले गर्‍यो सम्मान कार्यक्रम

  • प्रकाशित मितिः असार २९, २०७६
  • उज्यालो प्रदेश
alt

विराटनगर । भानुभक्त जयन्तीको अवसर परेर प्रदेश १ सरकाले प्रदेश भरिका विभिन्न विधामा उत्कृष्ट रहेका विभिन्न भाषा, साहित्य र कला क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ ।

आइतबार प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको सहित्कार र कलकार सम्मान कार्यक्रममा प्रदेश सरकारले १२ जनालाई सम्मान गरेको छ ।

प्रदेश सरकारले राष्ट्रिय भाषा–साहित्यमा योगदान पुर्‍याउने टङ्क प्रसाद न्यौपाने लाई एक लाख नगद राशिको ‘बालकृष्ण पोखरेल भाषा साहित्य कला सम्मान–२०७६’ ले सम्मान गरेको छ ।

उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले भाषा साहित्य र कलाका क्षेत्रमा योगदान पुर्‍याउने उपेन्द्र पागल, भवानी क्षेत्री, सोमराज अभय, रामनारायण सुधाकर, रविमान लम्जेल, राममणि पोखरेल, विमल वैघ, चन्द्रमान लिङ्खा, भैरव क्षेत्री लगायतलाई नगद रु पचास हजार रुपैयाँ सहित ‘प्रदेश साहित्य–कला सम्मान–२०७६’ को सम्मान पत्र वितरण गरेका हुन् ।

मन्त्री घिमिरेले कार्यक्रममा बोल्दै भने ‘यस वर्ष एक लाख नगद राशिको पुरस्कार भाषा विधामालाई दिइएको छ र अर्को वर्ष अरू कसैले पाउन सक्छ । यो भाषा, कला र साहित्य जसले पनि पाउन सक्छ । ’ उनले थपे ‘आज भानुभक्त जयन्तीको दिन पनि परेकाले हामीले हाम्रा सृष्ठालाई सम्मान गर्ने उदेश्यले यो पुरस्कारको नाम बालकृष्ण पोखरेलसँग जोडेका हौँ ।’

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved