केराबारीमा सामुदायिकविधुतीय पुस्तकालय सुरु

  • प्रकाशित मितिः असार १४, २०७६
  • उज्यालो प्रदेश
alt

मोरङ । मोरङको केराबारी गाउँपालिकामा रहेको राष्ट्रिय पुस्तकालयले पाठकहरुका लागि ई लाईब्रेरी संचालनमा ल्याएको छ ।

पाठकहरुलाई पढ्न सजिलो र सुविधाका  सामुदायिक रुपमा विधुतिय पुस्तकलय संचालनमा ल्याईएको हो । शनिवार एक समारोहका बीच केराबारी गाउँपालिकाका प्रमुख रोहितबहादुर कार्की र उपप्रमुख शान्तिकुमारी लिम्बूले लाईब्रेरीको उद्घाटन गरेका थिए ।

लाईब्रेरी उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष कार्कीले ईलाईब्रेरीबाट पाठकहरु लाभान्वित हुने र पुस्तालकयको कार्यालय व्यवस्थापनका लागि भौतिक संरचना पनि निर्माण गरिने बताए । त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्बूले सुचना र संचारको विकासको माध्यमबाट पाठकहरुले ज्ञान आर्जन गर्न सक्ने भएको हुँदा यसको समग्र विकासका लागि गाउँपालिका सधै सकारात्मक रहदै आएको र सहयोग गर्ने बताए ।

विज्ञान र प्रविधिको सदुपयोग गर्द ई लाईब्रेरीको अवधारणा ल्याईएको समितिका उपाध्यक्ष किशन शाहीले बताएका छन् । लाईब्रेरी स्थापनाका लागि १ नम्वर प्रदेश सरकारले ३ लाख रुपैया उपलब्ध गराएको थियो । लाईब्रेरीमा ८ हजारवटा पुस्तकहरु पढ्न सकिने छ ।

२०२४ सालमा स्थापना भएको राष्ट्रिय पुस्ताकालयले विभिन्न शैक्षिक तथा साहित्यिक कार्यक्रमहरु पनि गर्दै आएको छ । पुस्तकालयको आफ्नै भवन निर्माणको लागि केराबारी गाउँपालिकाले २० लाख रकम विनियोजन गरेको र अब भवन निर्माण कार्य शुरु हुने समितिका सचिव नविन थापाले बताए । कार्यक्रम पुस्ताकालयका अध्यक्ष महाप्रसाद लुईंटेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved