झुम्का देखी बेलबारी सम्म सडक सुशासन कार्यक्रम सुरु हुँदै

  • प्रकाशित मितिः असार ६, २०७६
  • उज्यालो प्रदेश
alt

उत्तम पोख्रेल /  बेलबारी । प्रदेश नम्बर १को सडक सुशासनको कार्य सुरु हुने भएको छ । आर्थिक वर्ष ०७५/०७६को प्रदेशको नीति तथा कार्यक्रम घोषणा गरिएको कार्यक्रम सुरु गर्न अध्यन सुरु गरिएको छ ।

सुनसरीको रामधुनि नगरपालिकामा पर्ने झुम्का देखी मोरङको बेलबारी सम्म उक्त कार्यक्रम गर्न अध्यन गर्न थालिएको छ ।

सुनसरीको झुम्का, इटहरी मोरङका सुन्दरहरैचा, बेलबारी लगायतका क्षेत्रमा यही आर्थिक वर्ष देखी काम थालिने भौतिक पूर्वाधार विकास मन्त्रालय महाशाखाका प्रमुख रेवति रमण निरौलाले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रममा सडकमा भत्केका संरचना निर्माण, सडकमा छाडा छोडिने कान्जि पशुहरूका लागि कान्जि हाउसको निर्माण, सार्वजनिक शौचालय, तथा आकाशे पुल निर्माण गरिने छ ।

वाटोक्रस गर्ने भिड हुने ठाउँमा अकाशेपुल निर्माण हुन्छ निरौलाले भने साँघुरो सडकमा आवतजावत समस्या हुने गरेकोले पहिलो चरणमा शुसानका लागि विभिन्न कार्यक्रम थालिएको हो । उनले दोस्रो चरणमा बजार क्षेत्रमा ६ लेन सडक र जंगल तथा मावन बस्ती कम भएको क्षेत्रमा चार लेनको सडक बनाउँछौ ।

पर्यटकीय क्षेत्रसँग जोडिएको बेलबारीको बेतना, सिर्जना पार्क तथा खुल्ला चिडियाखाना लगायका क्षेत्रमा विशेष प्राथमिक्ता दिएर काम गरिने उनले बताए ।

पर्यटकि क्षेत्रमा पनि धेरै सडकहरू जाम हुन्छन् उनले भने त्यस्ता क्षेत्रमा ट्राफिक लाइटको व्यवस्था गर्छौ । प्रदेशको आन्तरिक कानुन मन्त्रालयले ट्राफि प्रहरी, स्थानीय तहका प्रमुख –उप प्रमुख,भौतिक पूर्वाधार विकास मन्त्रालय सँग छलफल गरी सकेको छ । सडक सुशासन कार्यक्रम आन्तरिक कानुन मन्त्रालयको कार्यक्रम रहेको जनाइएको छ ।

वसपार्कसगै जोडिएका केही स्थानीय बजारलाई समेत प्राथमिक्तामा राखेर कार्यक्रम गरिने प्रमुख पराजुलीले बताए । पर्यटकि क्षेत्र सँगै रहेको स्थानीय बजारलाई प्रबर्धन गर्न हाट बजारका संरचना समेत निर्माण गरिने उनले बताए । सिर्जना पार्क प्रति लक्षित गर्दै उनले भने यहाँ निगुरो पाइँदो रहेछ यसको प्रबर्धन गर्न हाट बजारका लागि संरचना बनाउँछौ ।

झुम्का देखी बेतना सिमसार क्षेत्र सम्म मात्रै सडक सुशासन कार्यक्रम गर्ने प्रदेश सरकारको नीतिमा रहेपनि बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले आफ्नो नगर क्षेत्रमा पर्यटकि क्षेत्र समेत रहेकोले चिस्याङ खोला सम्म नै उक्त कार्यक्रम गर्न लागु गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

उनले बेलबारीका बेतना, सिर्जना पार्क, खुल्ला चिडिया खाना लगाएर रहेका छन् । छुटेको क्षेत्रमा मन्त्रालयको टोली आएर नाप्न समेत सुरु गरेको मेयर सुवेदीले बताए । बेलबारी८मा रहेको सिहदेवि सामुदायिक बन क्षेत्रमा खुल्ला चिडिया खाना बनाउन प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत समेटेको छ ।

सडक सुशासन कार्यक्रम लागु भएपछि यात्रुलाई सहज हुने स्थानीयको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved