मदिरा खुवाएर केराबारीमा युबतिलाई बलात्कार

  • प्रकाशित मितिः असार ६, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी । एक १९ वर्षिय युबतिलाई जुस भनी मदिरा पिलाएर आफनो प्रेमीलाई बलात्कारको वातावरण बनाई दिने एक युवती सहित दुई युवालाई इप्रका केराबारीले पक्राउ गरेको छ ।

पथरी शनिश्चरे नगरपालिकाकी १९ वर्षिय एक युवतिलाई मोरंग केराबारीको गुराँस होटलमा ल्याएर जुस भनी झुक्याएर मदिरा पिलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले दुइजना युवा सहित एक युवतिलाई पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा वाइन खुवाएर युवतीलाई बलात्कार गरेको खुलेको छ । बलात्कारको आरोपमा पक्राउ पर्नेमा घट्नाका मूख्य अभियुक्त गोरखाको पृथ्वीनगर–७ का ३२ वर्षीय विश्वास कट्टेल र बलात्कार गर्न वातावरण तयार गरिदिने २२ वर्षीया अञ्जना थापा र सुन्दरहरैचा नगरपालिका–१२ का सञ्जीवकुमार शङ्कर रहेका छन् ।

अञ्जनाले प्रेमी सञ्जीवकुमार शङ्करसँग मिलेर बलात्कारको वातावरण तयार गरिदिएको ।प्रहरी अनुसन्धानमा खुलेको छ । अञ्जना बलात्कृत युवतीकी आफन्त पर्छिन् । ‘दुवै जनाले सल्लाह गरेर सञ्जीवकी प्रेमिका अञ्जनामार्फत् युवती झिकाएको देखिन्छ’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘त्यस क्रममा अञ्जनाले पारिवारिक नाताभित्रकी बहिनी पर्ने एक युवतीलाई साथमा लिएर विराटचोक आएको देखियो ।’ त्यसपछि उनीहरूले सँगै फिल्म हेरेर केराबारी पुगेको देखिन्छ ।

प्रहरीका अनुसार विश्वास सञ्जीवसँग नियमित सम्पर्कमा विराटचोकमा रहेर जग्गाको कारोबार गर्दै आएका व्यक्ति हुन् । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरी असार १ गते जबर्जस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाएको छ । प्रहरीले विश्वासलाई घटनामा संलग्न मुख्य अभियुक्त, अञ्जना र उनका प्रेमी सञ्जीवलाई भने घटनाको मुख्य योजनाकारका रूपमा अनुसन्धान गरिरहेको छ ।

पीडित युवतीले जुस भन्दै तरल पदार्थ खुवाएको केही समयपछि आफूले केही पनि थाहा नपाएको र बिहान होसमा आउँदा मात्रै आफू बलात्कृत भएको थाहा पाएको प्रहरीलाई बयान दिएकी छन् । इप्रका बेलबारीमा आएर घटना उल्लेख गर्दै पीडितले बलात्कारमा संलग्न र आफूमाथि बलात्कारको योजना बनाउनेसहित तीन जनाविरुद्ध जाहेरी दिएको बेलबारी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved